क्वाङचोउ (चीन) । सीएनबीसीले चीनको क्वाङचोउमा आयोजना गरेको वार्षिक टेक्नोलोजी फोरम इष्ट टेक वेष्टमा ओपोका चिफ फाइभजी साइन्टिस्ट हेनरी ट्याङले औद्योगिक तथा शैक्षिक क्षेत्रका अग्रणी प्राविधिक विज्ञहरुमाझ फाइभजीको भविष्यसम्बन्धि अन्तरक्रियामा सहभागिता जनाएका छन् ।
कार्यक्रममा उनले भने, “भविष्यको बौद्धिक समाजमा फाइभजी एक प्रमुख स्तम्भका रुपमा रहने छ । यसको माध्यमबाट बहुमुखी तथा एकीकृत कनेक्टिभिटी सुचारु हुनुका साथै विभिन्न परिस्थितिमा उपयोगिता समेत ब्याप्त हुनेछ ।” द फ्युचर इज नाउः हाउ फाइभजी विल ट्रान्सफर्म कम्युनिकेसन शीर्षकको प्यानल डिस्कसनमा सहभागिता जनाएका थिए ।
फाइभजीबाट उपभोक्ताले व्यापकरुपमा फाइदा लिन सकुन् भन्ने सोचका साथ ओपोले सक्रिय रुपमा फाइभजीका उपयोगिताबारे अन्वेषण गरिरहेको उनले जनाए । फाइभजी उपकरणको अग्रणी तथा प्रचारकका रुपमा ओपोले आफ्ना उपभोक्तालाई निरन्तर नयाँ अनुभव प्रदान गरिरहेको उनको भनाइ छ ।
ओपोले आफ्नो फाइभजी व्यवसायलाई १ दर्जनभन्दा बढी देशहरुमा फैलाउनुका साथै सो बजारमा रहेका विश्वकै अग्रणी अपरेटर्ससँग सहकार्य गर्दै आफ्ना उपभोक्तालाई फाइभजी ह्याण्डसेट्स तथा सेवा उपलब्ध गराइरहेको छ । सन् २०१९को मे महिनामा ओपो र स्विसकमले स्विट्जरल्याण्डमा आधिकारिक रुपमा ओपो रेनो फाइभजी स्मार्टफोन सार्वजनिक गरेको थियो ।
सीएनबीसीको इस्ट टेक वेस्टले विश्वकै सर्वाधिक प्रभावशाली प्राविधिक अगुवाहरुलाई एकै स्थानमा भेला पारी एआईदेखि फाइभजीसम्मका अत्याधुनिक विषयमा अन्तरक्रिया गराउने गरेको छ ।