काठमाडौं । चलचित्र ‘छ माया छपक्कै’ अब डिशहोममा हेर्न पाइने भएको छ । डिशहोमको च्यानल नम्बर १०८ मा उक्त चलचित्र प्रदर्शन हुने भएको हो ।
दिपकराज गिरी, केदारप्रसाद घिमिरे, जितु नेपाल, केकी अधिकारीलगायत कलाकारहरुको अभिनय रहेको यो चलचित्र डिशहोममा मंसिर १३ गतेदेखि प्रदर्शन हुनेछ ।
यसका लागि अतिरिक्त शुल्क भने तिर्नुपर्ने हुन्छ । पे पर भ्यु सुुविधा अन्तर्गत संचालन भइरहेको सिनेमा घर च्यानल नं १०८ मा नयाँ नेपाली सिनेमा हलमा लागेसँगै वा हलमा लागेको केहि समयपछि न्यूनतम शुल्कमा हेर्न सकिन्छ ।
हरेक दिन आठ शो प्रदर्शन हुने सिनेमा घर एसएमएस पठाएर, डिशहोमको ग्राहक सेवा केन्द्रमा फोन गरेर र नजिकै डिशहोम बिक्रेतासँग सम्पर्क गरेर सजिलै खुलाउन सकिने कम्पनीले जनाएको छ ।