काठमाडौं । ‘मेरो घर’ र एनएमबी बैंकले संयुक्त रूपमा ‘अब बन्छ हजुरको घर’ अफर सुरू गरेका छन् । ग्राहकलाई आवासीय घर बनाउन सहज सेवा र वित्तीय सुविधा दिने यस्तो योजना नेपालमै पहिलोपटक अघि सारिएको दुवै कम्पनीले जनाएका छन् ।
योजनाअन्तर्गत जग्गाधनीले घर बनाउन एनएमबी बैंकबाट सहज ब्याजदरमा कर्जा लिएर २५ वर्षसम्मको अवधिमा भुक्तानी गर्न सक्नेछन् भने मेरो घरले ग्राहकको इच्छाअनुसार घरको डिजाइनदेखि निर्माणसम्मको सेवा प्रदान गर्नेछ ।
त्यस्तै, घरको पूर्ण रुपमा निर्माण सम्पन्न नभएसम्म वा १२ महिना अवधिसम्म किस्ता भुक्तानी गर्न नपर्ने तथा घर निर्माणका लागि शतप्रतिशतसम्म कर्जा सुविधा उपलब्ध हुने जनाइएको छ । यसका लागि मेरो घर र एनएमबी बैंकको सहकार्यमा सरल र सहज ऋण प्रशोधन प्रणालीको प्रबन्ध गरिएको एनएमबी बैंकले जनाएको छ ।
आफ्नै जग्गा भएका जागिरे युवा तथा लामो समयदेखि घर निर्माण गर्न योजना बनाएका व्यक्तिले यस अफरको लाभ उठाउन सक्ने बैंकको भनाइ छ । त्यस्तै, विदेशमा बसोबास गर्ने र आफ्ना परिवारको लागि घर बनाउन चाहनेका लागिसमेत अफर लक्षित गरिएको मेरो घरका चिफ मार्केटिङ अफिसर अनोज खतिवडाले जनाएका छन् ।