मंगलबार, असोज २७, २०८३

राजस्व छली गर्ने २१ व्यवसायीविरुद्ध मुद्दा दर्ता

राजस्व अनुसन्धान विभागले व्यवसायी विनोदकुमार अग्रवालसहित २१ जनालाई काठमाडौ जिल्ला अदालतमा मुद्दा दायर गरेको छ ।
 |  सोमबार, मंसिर ९, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर ९, २०७६

काठमाडौं- राजस्व अनुसन्धान विभागले व्यवसायी विनोदकुमार अग्रवालसहित २१ जनालाई काठमाडौ जिल्ला अदालतमा मुद्दा दायर गरेको छ ।

उनीहरुले एक अर्ब २९ करोड ३६ लाख रुपैयाँ राजस्व छली गरेको विभागको आरोप रहेको छ ।

विभागले आइतबार जिल्ला अदालतमा व्यवसायी विनोदकुमार अग्रवाल र उनका भाइ विकास अग्रवाललाई कर छली गर्ने मुख्य व्यक्ति भएको दाबीसहित मुद्दा दायर गरेको हो ।

विभागले कर छली भएको रकम बराबरको बिगो कायम गरी सो रकमको दोब्बरसम्म जरिवाना र ३ वर्षसम्म जेल सजाय माग गरी मुद्दा दायर गरेको जनाएको छ ।

प्रतिवादी विनोद अग्रवाल र उनका भाइ विकास अग्रवाल मिलेर विभिन्न व्यक्तिका नाममा १३ वटा फर्म र कम्पनी दर्ता गरेर नक्कली भ्याट बिल बनाएर बिक्री गर्ने गरेको अनुसन्धानबाट पुष्टि भएको विभागले जनाएको छ।

विभाग अनुसार नक्कली भ्याट बिल बिक्री गर्ने फर्म तथा कम्पनीहरूमा आर्यन ट्रेडिङ कन्सर्न, अनामिका ट्रेडर्स, अमिशा ट्रेडिङ कन्सर्न, प्रसुमा सप्लायर्स, स्मारिका जनरल सप्लायर्स, नाइस ट्रेडिङ, जेनिशा ट्रेड एन्ड सप्लायर्स, सुशीम ट्रेड इन्टरप्राइजेज, सिमस ट्रेड इन्टरनेसनल, निशिला ट्रेडिङ, अविन ट्रेडिङ, किशा ट्रेड इन्टरप्राइजेज, श्रीअन्तु जनरल सप्लायर्स लगायत रहेका छन्।

ती सबै कम्पनी र फर्महरु अग्रवाल दाजुभाइकै अण्डरमा रहेको पनि विभागले आफ्नो अनुसन्धानमा भेटेको जनाएको छ ।

काठमाडौं जिल्ला अदालतमा राजस्व अनुसन्धान विभागले प्रतिवादी बनाएर मुद्दा दर्ता गरेका फर्म तथा कम्पनीहरु

 

प्रकाशित: Nov 25, 2019| 11:16 सोमबार, मंसिर ९, २०७६
प्रतिक्रिया दिनुहोस्