आइतबार, साउन ३१, २०८३

ग्लोबल आइएमईले २५.५ प्रतिशत लाभांश दिने

 |  आइतबार, मंसिर ८, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर ८, २०७६

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले १३औं वार्षिक साधारण सभाबाट आफ्ना सेयरधनीहरुलाई १२.७५ प्रतिशत बोनस सेयर र १२.७५ प्रतिशत नगद लाभांश गरी २५.५ प्रतिशत लाभांश दिने निर्णय पारित गरेको छ । बैंकले आव २०७५–०७६ मा २ अर्ब ७६ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो । बोनस सेयर वितरणपश्चात् बैंकको चुक्ता पुँजी ११ अर्व ७६ करोड रुपैयाँ पुग्नेछ ।

साथै, साधारणसभाले जनता बैंक नेपाल लिमिटेडलाई ग्लोबल आइएमई बैंक लिमिटेडमा गाभ्ने प्रस्ताव पारित गरेको छ । साधारण सभाबाट पारित भएसँगै दुई बैक मर्जरका लागि नेपाल राष्ट्र बैकसमक्ष अन्तिम स्वीकृति प्राप्त गरी ग्लोबल आईएमइ बैंक लिमिटेडको नामबाट एकीकृत कारोबारका लागि अन्तिम तयारी भइरहेको छ ।

साधारण सभाले बैंकको अधिकृत पूँजी १६ अर्बलाई वृद्धि गरी २५ अर्ब कायम गर्ने विशेष प्रस्तावसमेत पारित गरेको छ ।

प्रकाशित: Nov 24, 2019| 07:36 आइतबार, मंसिर ८, २०७६
प्रतिक्रिया दिनुहोस्