आइतबार, साउन ३१, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • एनआईसी एशिया बैंकको थप शाखारहित बैंकिङ सेवा सञ्चालनमा

एनआईसी एशिया बैंकको थप शाखारहित बैंकिङ सेवा सञ्चालनमा

 |  सोमबार, मंसिर ९, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर ९, २०७६

काठमाडौं । एनआईसी एशिया बैंकले ग्रामीण तथा दुर्गम क्षेत्रहरुमा समेत आफ्नो सशक्त उपस्थिति जनाउँदै गाउँ–गाउँमा वित्तीय पहुँच तथा वित्तीय सबलीकरणको लागि शाखारहित बैंकिङ सेवा प्रदान गर्ने क्रममा रुपन्देही जिल्लाको लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नं.१३ ओडवलियामा आफ्नो ४३औं शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ ।

सेवाको उद्घाटन लुम्बिनी सांस्कृतिक नगरपालिकाका मेयर मनमोहन चौधरीको उपस्थितिमा भएको थियो । उक्त शाखारहित बैंकिङ सेवाको प्रतिनिधिको रुपमा अजयसिंह क्षेत्रीलाई नियुक्त गरिएको छ ।

प्रकाशित: Nov 25, 2019| 09:14 सोमबार, मंसिर ९, २०७६
प्रतिक्रिया दिनुहोस्