काठमाडौं । जनता बैंक नेपाल लिमिटेड र ग्लोबल आइएमई बैंक लिमिटेड एक आपसमा मर्जर सम्बन्धि प्रस्ताव दुवै बैंकको साधारण सभाबाट पारित भइसकेको छ । मर्जर पश्चात ग्लोबल आईएमइ बैक लिमिटेडको नामबाट एकिकृत कारोवारका लागि अन्तिम तयारी भइरहेको छ ।
यहि मर्जर प्रक्रियालाई मध्यनजर गर्दै दुवै बैंकहरुबाट जारी गरिएका कार्ड दुबै बैंकहरुका कुनै पनि एटीएममा चलाउँदा कुनै शुल्क नलाग्ने बैंकले जनाएका छन् ।
मर्जरपश्चात बन्ने ग्लोबल आईएमइ बैक लिमिटेडको मुलुकको ७ वटै प्रदेश तथा ७७वटै जिल्लामा उपस्थिति हुनेगरी तयारी भइरहेको बताइएको छ ।