काठमाडौं- सनराइज बैंक लिमिटेडले झापाको भृकुटीमा ३९ औं शाखारहित बैंकिङ सेवा सञ्चालन गरेको छ।
ज्येष्ठ नागरिक सेवा समितिका अध्यक्ष ठाकुरप्रसाद शिवाकोटी र बैंकको प्रादेशिक कार्यालय १ का सदस्य पूर्णबहादुर थापाले शाखारहित बैंकिङ सेवाको उद्घाटन गरे।
समारोहमा बैंकको प्रादेशिक कार्यालयका सदस्य थापाले शाखारहित बैंकिङ सेवाको प्रतिनिधि दिलबहादुर कार्कीलाई पोइन्ट अफ सेल (पीओएस) मेसिन हस्तान्तरण गरेको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
बैंकले १२४ शाखा, ३९ शाखारहित बैंकिङ सेवा, ८ एक्सटेन्सन काउण्टर र १४५ एटीएम मेसिनमार्फत आफ्ना करिब ६ लाख ग्राहकलाई सेवा दिइरहेको विज्ञप्तिमा जनाइएकाे छ।