कोभिड महामारीयता सम्हालिन नसकेको अर्थतन्त्रलाई टेको लगाउन सरकारले कस्तो वित्त नीति तयार पार्छ भन्ने चासो सबैतिर छ। मुर्झाएको अर्थतन्त्रमा प्राणवायु भर्नु र नयाँ आशा जगाउनु अहिलेको पहिलो प्राथमिकता हो।
कोरोना महामारी, अन्तर्राष्ट्रिय द्वन्द्वका कारण आपूर्ति शृंखलामा आएको अवरोध र सरकारका गलत नीतिका कारण आर्थिक मन्दीले पिल्सिएको व्यापार-व्यवसाय चलायमान हुन नसक्दा अर्थतन्त्र मन्दीमा जान सक्ने अवस्था आउन नदिन सरकारी प्रयत्न...