बुधबार, भदौ ११, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • रियलमीका दुई मोडल नार्जो एन५५ र नार्जो एन५३ नेपाली बजारमा आउँदै

रियलमीका दुई मोडल नार्जो एन५५ र नार्जो एन५३ नेपाली बजारमा आउँदै

 |  मंगलबार, जेठ १६, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ १६, २०८०

vianetvianet

रियलमीले एन सिरिज अन्तर्गतका दुईवटा स्मार्टफोन मोडलहरु नेपालमा ल्याउने भएको छ। एनले संकेतात्मक रुपमा विविधता, नयाँपन र असिमित सम्भावनाहरुलाई जनाउने कम्पनीले जनाएको छ।

Kumaribank

रियलमी नेपालले यी मोडलहरु आफ्नो छुट्टै रुची, लगाव र लक्ष्य भएका जेनेरेसन जेड (जेन जि) को लागि डिजाइन गरिएको जनाएको छ। यी नयाँ स्मार्टफोनहरूमा ब्याट्री (चार्जिङ), चिपसेट(कार्यसम्पादन) र क्यामेराहरूमा आधुनिक अपडेटहरू हुनेछन्।

रियलमीको अहिलेसम्मकै सबैभन्दा स्लिम मोडल–नार्जो एन ५३
यो रियलमीको अहिलेसम्मको सबैभन्दा स्लिम मोडल हो। यसमा ३३ वाटको फास्ट चार्जिङ, अद्घित्तिय क्यामरा र लेटेस्ट चिपसेट रहेको छ। त्यस्तै यसमा ९० हर्जको आकर्षक एफएचडि डिस्प्ले र नयाँ मिनी क्याप्सुल फिचर रहेको छ। यो एन सिरिजको नेक्स्ट जेन क्विक र नेक्स्ट जेन सिक स्मार्टफोन हो।

ब्याट्रीको असली पावर हाउस – नार्जो एन ५५
नार्जो एन ५५ मा शक्तिशाली ५००० एमएएचको ब्याट्रि र सुपर फास्ट ३३ वाटको सुपर भोक चार्जिङ भएकोले बिजुली चम्केको गतीमा फोन चार्ज हुन्छ। त्यस्तै यसमा गज्जबका फोटोग्राफी फंक्सन भएका ६४ एमपिको एआइ क्यामरा र ८ एमपिको सेल्फी क्यामरा रहेको छ। ९० हर्जको रिफ्रेस रेट भएको फुल एचडि प्लस डिस्प्लेले गर्दा फोन चलाउन एकदमै सहज अनुभव हुन्छ। साथै यसमा मेडियाटेक हेलियो जि८८ चिपसेट, १२ जिबिको डाइनामिक र्‍याम, रियलमि युआइ ४.० र नयाँ अटो पिक्सलेट सेफ्टी फिचर पनि रहेको छ।

प्रकाशित: May 30, 2023| 17:14 मंगलबार, जेठ १६, २०८०
प्रतिक्रिया दिनुहोस्