काठमाडौं- परराष्ट्रमन्त्री एनपी साउदले भारतसँग दिर्घकालीन रुपमा फाइदा हुने गरी आर्थिक सम्झौताहरु गर्ने प्रयास भइरहेको बताएका छन्।
मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा उनले भने, 'भारतीय लगानी नेपालको हाइड्रोमा बढाउने, विद्युत व्यापारको मार्ग सिर्जना गर्ने, बंगलादेशसँग व्यापार गर्न आधार तयार गर्ने विषय प्रधानमन्त्रीको भारत भ्रमणका प्राथमिकता हुन्। लङ टर्म पावर डिल गर्न खोजिरहेका छौं। चीनसँग हुने व्यापार हिन्द/प्रशान्त महासागरमार्फत हुने सन्धी गरिने योजना छ। कृषि उत्पादनलाई नन रेसिप्रोकल बेसिसमा भारतीय बजारमा पुर्याउनुपर्छ।'
परराष्ट्रमन्त्रीले थपे, 'सिमरा नाका व्यस्त भएकोले वैकल्पिक नाकाको विषयमा छलफल भइरहेको छ। जसमा महेन्द्रनगर, भैरहवा र नेपालगन्ज छन्। सुदूरपश्चिमलाई उत्तराखण्ड जोड्ने पुल निर्माण गर्ने विषयलाई कार्यान्वयन गर्ने विषयमा ठोस पहल कदमी हुनेछ।'
प्रधानमन्त्री प्रचण्ड बुधबार भारत भ्रमणमा निस्किँदैछन्।