शनिबार, जेठ २, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • पुँजीगत खर्च गर्न बजेट कोसेढुङ्गा सावित हुनेछ : अर्थमन्त्री महत

पुँजीगत खर्च गर्न बजेट कोसेढुङ्गा सावित हुनेछ : अर्थमन्त्री महत

 |  सोमबार, जेठ १५, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, जेठ १५, २०८०

काठमाडौं- अर्थमन्त्री डा प्रकाशशरण महतले प्रस्तुत बजेटले आउने दिनमा पुँजीगत खर्च गर्ने विषयमा रहेको समस्या हल गर्ने सन्दर्भमा कोसेढुङ्गा सावित हुने बताएका छन्।

National life

सङ्घीय संसद्को दुवै सदनमा आज आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरेपछि बाहिरिने क्रममा सञ्चारकर्मीको जिज्ञासामा उनले बजेटमा प्रस्तुत भएका विषय कार्यान्वयन नियमित रुपमा अनुगमन गरिने बताए।

‘पुँजीगत खर्चलाई नियमितरुपमा यसलाई अनुगमन गर्छौं, बोलेका कुरा कार्यान्वयनमा लान्छौँ। यसले पुँजीगत खर्चको प्रभावकारिता बढ्छ, सरकारी संरचनामा देखिएको ढिलापन समाप्त हुन्छ’, उनले भने।

अर्थमन्त्रीले साधारण खर्चमा अत्यन्त मितव्ययिता अपनाउने, अनावश्यक संरचना नराख्ने सुरुआत गरेको बताए। उनले भने, ‘बजेट विनियोजन गरेर मात्रै पुगेन, यसको प्रभावकारिता कसरी बढाउने भनी सूक्ष्म ढङ्गबाट अध्ययन विश्लेषण गरिएको छ।’

करका नीति पनि उद्योग क्षेत्रलाई केन्द्रविन्दुमा राखेर ल्याइएको जनाउँदै उन्ले कसैको पक्ष वा विपक्षमा नभएको बताए। ‘राजस्वतर्फ जहाँ नीतिगत चुहावट छ, कहाँ करलाई छली प्रवृत्ति कसरी आइरहेको छ, त्यसलाई मध्यनजर राखेर समग्ररुपमा निजी लगानीलाई प्रोत्साहन गर्ने, त्यसमा करका दर नेपाली उद्योगी व्यवसायीलाई प्रतिस्पर्धा गर्न सहज हुने गरी करका दर मिलाइएको छ’, अर्थमन्त्री डा महतले भने।

प्रकाशित: May 29, 2023| 21:22 सोमबार, जेठ १५, २०८०
प्रतिक्रिया दिनुहोस्