सोमबार, असार २९, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • एम बैंकबाट आइएमई पेमा पैसा लोड गर्ने ग्राहकलाई हजार रुपैयाँ क्यासब्याक

एम बैंकबाट आइएमई पेमा पैसा लोड गर्ने ग्राहकलाई हजार रुपैयाँ क्यासब्याक

 |  मंगलबार, जेठ १६, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ १६, २०८०

आइएमई डिजिटल सोलुसन लिमिटेडको ‘आईएमई पे’ ले एम बैंक मार्फत आईएमई पे वालेटमा पैसा लोड गर्ने ग्राहकलाई एक हजार रुपैयाँ क्यासब्याक प्रदान गर्ने अफर सार्वजनिक गरेको छ।

सहकारी संस्थाका ग्राहकलाई विद्युतीय भुक्तानी तर्फ प्रेरित गर्ने उदेश्यका साथ आईएमई पेले एम बैंक मार्फत आईएमई पे वालेटमा पैसा लोड गर्ने ग्राहकवर्गलाई एक हजार रूपैयाँ क्यासब्याक दिने भएको हो।

सो क्यासब्याक अफर अन्तर्गत प्रत्येक हप्ता एक जना भाग्यशाली प्रयोगकर्ताले एक हजार रूपैयाँ क्यासब्याक जित्न सक्नेछन्। क्यासब्याकको रकम विजेतालाई वालेटमा प्रदान गरिने छ। यो क्यासब्याक अफर केही समयावधिका लागि मात्र लागु हुनेछ।

केही समय यता आईएमई पे र एम बैंक बीच सहकारी संस्थालाई डिजिटल भुक्तानीसँग जोड्ने उदेश्यका साथ यो सम्झौता भएको थियो। सो सम्झौता पत्र आईएमई पेका प्रमुख कार्यकारी अधिकृत प्रविन रेग्मी र एम बैंकका प्रमुख कार्यकारी अधिकृत बिष्णु महर्जनले हस्ताक्षर गरेका छन्।
 

प्रकाशित: May 30, 2023| 17:15 मंगलबार, जेठ १६, २०८०
प्रतिक्रिया दिनुहोस्