काठमाडौं– गत ५ जेठदेखि बन्द गरिएको मेलम्ची खानेपानी सोमबार बेलुकीदेखि काठमाडौं उपत्यकातर्फ छाडिएको छ।
सुरुङमा पथान्तरण गरिएको पानी बिहीबारदेखि वितरण सुरु गरिने काठमाडौं उपत्यका खानेपानीका प्रवक्ता प्रकाशकुमार राईले बताएका हुन्।
सुरुङको रेक्टिफिकेसन तथा बाढीले क्षतिग्रस्त हेडवक्र्सलगायत संरचना निर्माण गर्न बन्द गरिएको मेलम्ची खानेपानी पुनः वितरण सुरु गरिएको राईको भनाइ छ।
हेडवक्र्सको अल्प तथा मध्यकालीन पानी पथान्तरणका कार्य नदी फर्काएरै गर्नु परेकाले मेलम्ची खानेपानी विकास समितिले १० दिन अघि सूचना जारी गरेर मेलम्चीको सुरुङ बन्द गरेको थियो। हेडवक्र्समा नयाँ संरचना निर्माण भएपछि सामान्य बाढीमा पहिलेजस्तो सुरुङ बन्द गर्नु नपर्ने समितिले जनाएको छ।