बुधबार, भदौ ११, २०८२

लोथरसम्मको पेट्रोलियम पाइपलाइन भारतले बनाइदिने

 |  मंगलबार, जेठ १६, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ १६, २०८०

vianetvianet

काठमाडौं- अमलेखगन्जदेखि लोथरसम्मको पेट्रोलियम पाइपलाइन भारतले बनाइदिने भएको छ। प्रधानमन्त्रीको आशन्न भारत भ्रमणका क्रममा यो समझदारी हुन लागेको हो।

Kumaribank

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार पाइपलाइन बनाइदिन भारत तयार भएको छ। यसमा १७ अर्ब हाराहारी लगानी हुनेछ। यो पाइपलाइन करिब ६२ किलोमिटर लामो हुनेछ। लोथरमा निर्माण हुने इन्धन भण्डारण गृह भने नेपालले नै बनाउनु पर्नेछ। लोथरमा ९० हजार किलोलिटर क्षमताको भण्डारण गृह बनाइनेछ।

भारतको मोतिहारीदेखि अमलेखगञ्जसम्म पाइपलाइन सञ्चालनमा आइसकेको छ। त्यसैलाई लोथरसम्म विस्तार गर्न लागिएको हो। 

भ्रमणका क्रममा अर्को अन्तरदेशीय पेट्रोलियम पाइपलाइनका लागि पनि सम्झौता हुने तयारी छ। सिलगुढीदेखि झापासम्म बन्ने पाइपलाइनको सम्झौताका लागि ड्राफ्ट तयार भइसकेको छ। झापाको भण्डारण स्थल समेत भारतीय पक्षले बनाउने छ। भारतको सिलगुढीदेखि झापाको चारआलीसम्म पाइपलाइन बन्नेछ।

३५ किलोमिटर लामो पाइपलाइनबाट ल्याइने पेट्रोलियम पदार्थको भण्डारण गर्न चारआलीमा ६० हजार किलोलिटर क्षमताको भण्डारण स्थल बनाइनेछ।
 

Metro Mart

प्रकाशित: May 30, 2023| 16:22 मंगलबार, जेठ १६, २०८०
प्रतिक्रिया दिनुहोस्