बुधबार, माघ २, २०८१
  • गृहपृष्ठ
  • अर्थ
  • वित्तीय कारोबारमा प्रविधिको प्रयोग, इसेवाको सुरक्षा र सावधानी

एडभर्टोरियल
Siddartha premir insuranceSiddartha premir insurance

वित्तीय कारोबारमा प्रविधिको प्रयोग, इसेवाको सुरक्षा र सावधानी

 |  मंगलबार, जेठ १६, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ १६, २०८०

ntc landingntc landing

अनलाइन भुक्तानीले मानिसको जीवनमा धेरै सुविधा भएको छ। सानोतिनो कारोबारका लागि बैंक तथा वित्तीय संस्था धाएर सास्ती र हैरानी व्यहोर्नु पर्ने दिन सकिएका छन्। मोबाइलबाट सरकारी बिल तिर्नेदेखि पैसा लेनदेनसमेतको काम पनि भइरहेको छ। यस अर्थमा नेपालमा नयाँ युगको सुरुवात भइसकेको छ।

himalayan bank box

प्रविधिको प्रयोगले दिएको सहजपनमा कमीकमजोरी खोज्ने र मानिसलाई गुमराहमा पार्ने अनि गैरकानूनी फाइदा उठाउन आपराधिक मनोवृत्ति भएका तत्त्वहरू पनि सलबलाइरहेका हुन्छन्। कहिलेकाहीँ उनीहरूले अनधिकृत काम गर्ने गर्दछन्।

वित्तीय कारोबार गर्ने एपहरूको प्रयोगमा सानो सावधानी अपनाउन सकेमा सम्भावित जोखिमहरू रोकिने गर्दछन्। त्यस्तो सेवा प्रदायकहरूले पनि आफ्ना एपहरूको अनधिकृत व्यक्तिको पहुँच र प्रवेशलाई रोकेर सुरक्षित कारोबार बनाउन ध्यान दिने गरेका हुन्छन्।

त्यस्तै प्रयास इसेवाले पनि गरेको छ। नेपालमा सर्वाधिक प्रयोग गरिएको र ग्राहकले रुचाएको इसेवाले आफ्नो सेवालाई समयानुकूल परिमार्जन र परिष्कृत गर्दै लगेको छ। सदस्यहरूको रकमको सुरक्षादेखि आफ्नो एपको प्रयोगलाई सहज र सरल बनाउने काम बेलाबेलामा गर्दै आएको छ।

वित्तीय एपहरूका पासवर्ड र अन्य डाटाहरू अरूलाई शेयर गर्दै गर्नु हुँदैन। म इसेवा वा अरू यस्तै कम्पनीबाट भनेर फोन वा अन्य कुनै माध्यमबाट गरेर कुनै विवरण मागेमा दिनु हुँदैन।

इसेवामा बेलाबेलामा फ्रड काम गर्नेहरूले प्रयास नभएका होइनन्। इसेवाको कार्यालयबाट भनेर MPIN माग्ने र त्यहाँको रकमको अनधिकृत कारोबार गर्ने काम प्रयास त्यस्ता गिरोहहरूले गर्ने गरेका छन्।

मानिसहरू आफ्नो पासवर्ड वा MPIN सामान्य र साधारण राख्ने गर्दछन्। अंकमा सुरुका चारवटा वा अन्तिमका चारवटा राख्ने गर्दछन्। त्यस्तो गर्नु असावधानी हो। अलि सुरक्षित र मानिसले अनुमान नगर्ने खालको MPIN वा पासवर्ड राख्नुपर्छ।

इसेवाले अबदेखि MPIN बिर्सेमा वा नयाँ डिभाइसबाट इसेवा आइडी लगईन गरेमा सिस्टमले मोबाइल नम्बर माग्नेछ। मोबाइल नम्बर दिएपछि OTP कोड आउँदैन। मेसेज आउँछ। इसेवा एपले मेसेज खोलेर टाइप पनि गरिदिन्छ। अनि इसेवामा रजिस्टर्ड मोबाइलबाट त्यो मेसेज पठाउनु पर्ने हुन्छ। त्यसरी मेसेज आएपछि त्यो मोबाइल सम्बन्धित व्यक्तिकै हो र उसैसँग त्यो मोबाइल छ भन्ने मानेर इसेवाले प्रमाणित गर्दछ। त्यसरी प्रमाणित भइसकेपछि मात्र ग्राहकको मोबाइलमा OTP कोड आउने छ।

कुनै असम्बन्धित मानिसले अरूको इसेवा आइडी थाहा पाएर MPIN reset गर्न रजिस्टर्ड मोबाइलबाटै मेसेज पठाउनु पर्नेछ। नम्बर नमिलेपछि इसेवाबाटै मेसेज आउने छैन र, अनधिकृत मानिस ग्राहकको खाताभित्र प्रवेश गर्न सक्दैन। यसबाट वित्तीय सुरक्षा बलियो हुनेछ। यसका लागि इसेवाले नयाँ सिस्टम ल्याएको हो।

सिमकार्ड हराएको खण्डमा इसेवाको कार्यालयमा आएर वा इसेवा कल सेन्टरमा कुरा गरेर व्यवस्थापन गर्न सकिनेछ। 

इसेवामा MPIN कसरी परिवर्तन गर्ने?

esewa-steps-2552023081430-1000x01685430908.jpg

सजिलो छ MPIN परिवर्तन गर्न। त्यसका लागि इसेवा एपमा आफ्नो आइडीबाट लगइन गरेर फर्गेट पासवर्डमा क्लिक गर्नुपर्छ। अनि इसेवा आइडी अर्थात् इसेवामा प्रयोग भएको मोबाइल नम्बर हालेर 'Proceed'मा क्लिक गर्नपर्छ। त्यसपछि इसेवा खातामा प्रयोग भएको मोबाइल नम्बर प्रमाणित गर्नुपर्छ। इसेवामा प्रयोग भएको नम्बर अहिले सम्बन्धित व्यक्तिसँग नभएमा इसेवाको टोल फ्री नम्बर (1660-01-02121) मा सम्पर्क गर्नुपर्ने छ। यदि आफैसँग मोबाइल नम्बर व्यक्ति स्वयंसँग भएमा मेसेज पठाउनुपर्ने हुन्छ। मसेजका लागि “Proceed to send SMS”मा क्लिक गर्नुपर्नेछ।

त्यसपछि मेसेज बक्स (Message Box) आफैं खुलेर मेसेज (SMS) टाइप भइसकेको हुनेछ। त्यस मेसेजमा केही पनि थपघट गर्नु पर्दैन। त्यसलाई थपथाप गर्नतिर नलाग्नु (edit) नगर्नुहोला।

यो काम आफ्नै सिमकार्डबाट मात्र हुनेछ। तपाईँको फोनामा अरु पनि सिमकार्ड छ भने इसेवा खातामा प्रयोग भएको मोबाइल नम्बरबाटं मेसेज पठाएको हुनेपर्छ।

त्यसपछि इसेवाबाट ओटिपी मेसेज आउँछ। त्यो मेसे एकपटक मात्र प्रयोग गर्न मिल्छ। अनि OTP कोड राखेर “Verify & Proceed”मा क्लिक गर्नुपर्छ।

अनि मात्र नयाँ चार अंकको MPIN राख्नु पर्छ। तर एमपिन राख्दा सामान्य र अनुमान गर्न सकिने खालको राख्नु हुँदैन। जस्तो १२३४, ६७८९ वा ११११, २२२२  राख्न हुँदैन। आफ्नो इसेवा खातामा प्रयोग भएको मोबाइल नम्बरको पहिलो ४ अंक वा अन्तिम ४ अंक पनि राख्न मिल्दैन। 

यस्तो नम्बरलाई MPIN राख्दा अरुले सजिलै अनुमान गर्न सक्छन्। त्यसैले तपाईंले आफूलाई मात्र थाहा हुने किसिमको नम्बर नै MPIN राखेर साबधानी अपनाउनु पर्छ।

यसपछि सफलतापूर्वक MPIN परिवर्तन हुनेछ। त्यसपछि सजिलै इसेवामा कारोबार गर्न सकिनेछ।

इसेवाले कुनै ग्राहकसँग कहिल्यै पनि फोन वा मेसेज गरेर कुनै स्कीम वा अफर देखाएर MPIN र पासवर्ड माग्दैन। कुनै अफर वा प्रलोभनमा पनि पार्दैन 

इसेवाले कहिल्यै पनि तपाईंलाई कल वा मेसेज गरेर कुनै पनि अफर वा प्रलोभनको नाममा MPIN र पासवर्ड माग्दैन। याद गर्नुहोस् इसेवाको नामबाट कहिल्यै त्यस्तो फोन वा मेसेज आउँदैन। त्यसरी फोन वा मेसेज आएमा त्यो फ्रड हुनसक्छ। आफ्नो अकाउन्टको सुरक्षाका लागि कसैले पनि MPIN, पासवर्ड तथा OTP कहिल्यै पनि कसैलाई नदिनु नै उचित हुनेछ।

प्रकाशित: May 30, 2023| 12:59 मंगलबार, जेठ १६, २०८०
citizen insidecitizen inside
प्रतिक्रिया दिनुहोस्