मंगलबार, असार ९, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • होन्डाको 'चंगा उड्छ फरर होन्डा कारमा सरर' योजना सार्वजनिक

होन्डाको 'चंगा उड्छ फरर होन्डा कारमा सरर' योजना सार्वजनिक

 |  मंगलबार, भदौ १०, २०८२

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ १०, २०८२

काठमाडौं-नेपालका लागि होन्डा कारको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ कम्पनी प्रा.लि. ले दसैंको अवसर पारेर आफ्ना ग्राहकहरूका लागि आकर्षक योजना 'चंगा उड्छ फरर, होन्डा कारमा सरर' सार्वजनिक गरेको छ। 'यो दसैं बेस्ट भ्यालु रोज्नुहोस्' भन्ने नाराका साथ ल्याइएको यो योजना  भदौ ७ गतेदेखि आगामी कात्तिक १४ गतेसम्म नेपाल अधिराज्यभरका सबै होन्डा शोरूमहरूमा लागू हुनेछ।

National life

यस योजनाको मुख्य उद्देश्य चाडपर्वको समयमा गाडी खरिद गर्न चाहने ग्राहकहरूलाई उत्कृष्ट मूल्य र सेवा प्रदान गर्नु रहेको कम्पनीले उल्लेख गरेको छ।यस योजना अन्तर्गत ग्राहकहरूले होन्डा कारको खरिदमा विभिन्न आकर्षक सुविधाहरू प्राप्त गर्न सक्नेछन्।

कम्पनीले चार लाख रूपैयाँसम्मको आकर्षक नगद छुटको व्यवस्था गरेको छ। यसका साथै, ग्राहकहरूले ५ वर्षका लागि निःशुल्क सर्भिसिङ, १ वर्षको निःशुल्क पूरा इन्स्योरेन्स र १ वर्षका लागि सडक कर छुट जस्ता सुविधा पनि पाउनेछन्।पुराना गाडीसँग नयाँ होन्डा साट्न चाहने ग्राहकहरूका लागि २५ हजार रूपैयाँ बराबरको एक्सचेन्ज बोनसको पनि व्यवस्था गरिएको छ।

यसबाहेक, ग्राहकहरूले हरेक गाडीको खरिदमा निःशुल्क एसेसरिज, २ वर्षको इन्जिन वारेन्टी र एक पटकको लागि निःशुल्क रोडसाइड असिस्टेन्स जस्ता थप सुविधा पनि प्राप्त गर्नेछन्।यी सबै अफरहरूले ग्राहकहरूलाई होन्डा गाडीको स्वामित्व ग्रहण गर्दा पूर्ण मानसिक शान्ति र उत्कृष्ट अनुभव प्रदान गर्ने कम्पनीले विश्वास लिएको छ।

यो योजना होन्डाका मोडलहरू जस्तै होन्डा सिटी, सिटी ईः एचईभी, एलिवेट, अमेज, र सिटी फिफ्थ जेनेरेसन लगायतका गाडीहरूमा लागु हुनेछ।

Shivam cement

 

प्रकाशित: Aug 26, 2025| 13:25 मंगलबार, भदौ १०, २०८२
प्रतिक्रिया दिनुहोस्