नेपाली बजारमा सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २ हजार ४०० रुपैयाँले बढेको छ।
आज छापावाल सुन तोलामा १ लाख १० हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ। यसैगरी तेजाबी सुन तोलामा १ लाख ९ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ।