काठमाडौं- पछिल्लो समय सेयर बजार सूचक नेप्से निरन्तर आरोलो लागेको छ। गत भदौ ३ गते अहिलेसम्मकै सर्वाधिक उचाई ३२२७.१० अंकमा पुगेको नेप्से त्यसयता निरन्तर ओरालो क्रममा छ। आइतबार ८८.२७ अंकले घटेर नेप्से २३६१.२७ अंकमा पुगेको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार आइतबार सबै समूहका परिसूचक घटेका छन्।
समग्र आर्थिक तथा राजनीतिक घटनाक्रमबाट सेयरबजार प्रभावित बन्दै आएको छ। सेयर बजारमा उतारचढाव आउनु सामान्य भएको विज्ञहरू बताउँछन्।
यसअघि तत्कालीन केपी ओली सरकारका अर्थमन्त्री युवराज खतिवडाले सेयर मार्केट अनुत्पादक क्षेत्र भएको टिप्पणी गरेपछि निरन्तर ओरोलो लागेको मार्केटले गत वर्षदेखि उकालो यात्रा तय गरेको थियो। सेयर बजारका सन्दर्भमा नियामक र तालुकदार निकायले नकारात्मक अभिव्यक्ति दिएपछि त्यसको मनोवैज्ञानिक त्रासमा लगानीकर्ता पर्ने र फलस्वरुप नेप्से घट्ने लगानीकर्ता संघका पूर्व अध्यक्ष छोटेलाल रौनियार बताउँछन्।
‘२ वर्ष कोभिडले थला परेको बजारले भर्खरै मात्र सकारात्मक गति पक्रेको थियो। राष्ट्र बैंकले अचानक कर्जा-निक्षेप अनुपात (सीडी रेसियो) सम्बन्धी नयाँ व्यवस्था लागू गरेका कारण तरलता अभाव भएसँगै घट्न थालेको हो,’ रौनियार भन्छन्, ‘एक वर्षका लागि समग्र सम्पत्ति-कर्जाको अनुपातसम्बन्धी पुरानो व्यवस्था नहटाइदिएको भए हुन्थ्यो। पछिल्लो समय सेयर कर्जा व्यवस्थालाई ४ र १२ को क्याप नलगाइदिएको भएपनि पनि हुने थियो। तर यी विभिन्न कारणले नेप्से ओरालो लागेको लाग्यै छ।' राष्ट्र बैंकले कुनै व्यक्तिलाई एक बैंकबाट अधिकतम ४ करोडसम्म मात्र सेयर कर्जा प्रवाह गर्न सक्ने व्यवस्था गरेको छ। तर एक व्यक्तिले बढीमा ३ वटा बैंकबाट मात्र अधिकतम ४ करोडका दरले सेयर कर्जा लिन पाउँछन्। यो नियमलाई सेयर बजारमा ४/१२को क्याप भन्ने गरिएको छ।
पछिल्लो समय निरन्तर घटिरहेको नेप्सेलाई सुनामी आएजस्तो भएको रौनियारको टिप्पणी छ। ‘सुनामी आएजस्तो, भुईँचालो आएजस्तो भइरहेको छ,’ उनी भन्छन्, ‘यो सबै अर्थ मन्त्रालय र राष्ट्र बैंकले बुझ्नुपर्ने कुरा हो। पहिलो कुरा समग्र सम्पत्ति-कर्जा अनुपात (सीसीडी) खारेज गरी कर्जा-निक्षेप अनुपात (सीडी)को व्यवस्था लागू गरियो, अर्को कुरा अधिकतम १२ करोड रुपैयाँ मात्र सेयर कर्जा लिन पाउने नियम बनाइयो। यसले सेयर बजारमा ओरालो यात्रा सुरु भयो।’
आइतबार माओवादी केन्द्रको प्रदेश सम्मेलनलाई उद्घाटन गर्दै प्रचण्डले पुँजीबजार उत्पादनमूलक क्षेत्र नभएर साम्राज्यवादको विकसित रुप भएको टिप्पणी गरेका थिए। पछिल्लो समय नेप्से निरन्तर घटिरहेका कारण लगानीकर्ताले पुँजीबजार विरोधीलाई 'नो भोट'को अभियान चलाएका बेला प्रचण्डबाट उक्त अभिव्यक्ति आएको हो।
यसैबीच माओवादी केन्द्रका नेता पुष्पकमल दाहाल प्रचण्डले पुँजीबजारलाई निरुत्साहित गर्ने टिप्पणी गरेको लगानीकर्ताले आरोप लगाएका छन्। रौनियार भन्छन्, ‘यसअघि अर्थ मन्त्रालय र राष्ट्र बैंकबाट नेगेटिभ अभिव्यक्ति आउने गरेकोमा आन (आइतबार) प्रचण्डजीले पनि नेगेटिभ कुरा गरिदिनु भएछ।’
आइतबार माओवादी केन्द्रको प्रदेश सम्मेलनलाई उद्घाटन गर्दै प्रचण्डले पुँजीबजार उत्पादनमूलक क्षेत्र नभएर साम्राज्यवादको विकसित रुप भएको टिप्पणी गरेका थिए। पछिल्लो समय नेप्से निरन्तर घटिरहेका कारण लगानीकर्ताले पुँजीबजार विरोधीलाई 'नो भोट'को अभियान चलाएका बेला प्रचण्डबाट उक्त अभिव्यक्ति आएको हो।
लगानीकर्ताको समूहले अर्थमन्त्री जनार्दन शर्मालाई लक्षित गर्दै समाजिक सञ्चाल फेसबुक तथा ट्वीटरमा पुँजी बजार विरोधिलाई नो भोटको अभियानस्वरुप ‘पुँजीबजार विरुद्ध हुने अभिव्यक्ति दिने नेतालाई चुनावमा बहिस्कार गर्न आह्वान गरिएको ब्यानर सेयर गर्ने गरेका छन्।
यसअघि केपी ओली नेतृत्वको सरकारका अर्थमन्त्री युवराज खतिवडाले पनि पुँजीबजारलाई अनुत्पादक क्षेत्र भएकाले उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्ने टिप्पणी गरेका थिए। तत्कालीन अर्थमन्त्री खतिवडाको टिप्पणीपछि १७ सय माथिबाट घट्दै नेप्से ११ हाराहारीमा पुगेको थियो। पछिल्लो समय अर्थमन्त्री विष्णु पौडेल हुँदा नेप्सेले उचाई लिन सुरु गरेको थियो।
पछिल्लो समय सेयर मार्केटमा लगानी गर्नेको संख्या बढिरहेको छ। सीडीएस एन्ड क्लियरिङ हाउसका अनुसार हाल नेपालमा सेयर मार्केटका लागि अनिवार्य गरिएको हीतग्राही (डिम्याट) खोली लगानी गर्नेको संख्या ४६ लाख नाघेको छ। दोस्रो बजारमा कारोबार गर्ने लगानीकर्ताको संख्या पनि दिनहुँ बढ्दै गइरहेको छ।
२०६५ साल भदौमा सेयर बजार परिसूचक नेप्सेले निकै उचाई लिइरहेका बेला तत्कालीन अर्थमन्त्री डा. बाबुराम भट्टराईले पनि मार्केटलाई निरुत्साहित गर्ने किसिमको टिप्पणी गरेका थिए। २०६५ भदौ २ गते नेप्सले १०७५.८७ अंकको नयाँ उचाई लिएको थियो। त्यसपछि तत्कालीन अर्थमन्त्री भट्टराईले सेयर बजारलाई ‘जुवा घर’ भन्दै टिप्पणी गरेका थिए। त्यसपछि सेयर बजार निरन्तर ओरालो लाग्दै २९२ अंकमा झरेको थियो।
२०७६ चैतदेखि फैलिएको कोभिडका कारण लगानीका अन्य क्षेत्रहरु प्रभावित बनेका थिए। कोभिडबाट जोगिन सरकारले घोषणा गरेको लकडाउनका कारण लगानीका अन्य क्षेत्र प्रभावित बनेपछि बैंकहरुले पनि सेयर खरिदमा दिइने कर्जा बढाए। घरभित्रै थुनिएका मानिसहरुले सेयरमा लगानी गर्न थाले। फलस्वरुप सेयर मार्केटले बढ्ने अवसर पायो। गत भदौसम्म आइपुग्दा सेयर मार्केटले नयाँ उचाई लिएको थियो।
अहिले सुनामी आएजस्तो, भुईँचालो आएजस्तो भइरहेको छ। यो सबै अर्थमन्त्रालय र राष्ट्र बैंकले बुझ्नुपर्ने कुरा हो। पहिलो कुरा सिसिडीलाई सिडी गरिदिनु भयो, अर्को कुरा ४ करोड र १२ करोड रुपैयाँ ऋणको कुरा निकालिदिनु भयो। एउटै बैंकबाट गरेको भएपनि हुन्थ्यो नि, आखिर लोन लिने त त्यति नै हो।
पछिल्लो समय नेपाल राष्ट्र बैंकले सेयर खरिदका लागि एउटा बैंकबाट ४ करोड रुपैयाँ र अन्यबाट गरेर १२ करोड रुपैयाँ ऋण लिन पाउने व्यवस्था गरेको सन्दर्भमा पनि ठुलो लगानीकर्ताले साना लगानीकर्तालाई उक्साएको टिप्पणी क्षत्री गर्छन्।
‘साना लगानीकर्तालाई उक्साएरै ४ करोड र १२ करोड रुपैयाँ ऋणको प्रावधान चाँही वाइयात हो। यस्तो पनि गर्ने? सेयर बजारलाई संकुचन गराउनको निमित्त राष्ट्र बैंकले यस्तो गलत नीति लियो। त्यसो भएको हुनाले राष्ट्र बैंकको गभर्नरले राजीनामा दिनुपर्छ भन्ने कुराहरु पनि आए,’ क्षत्री भन्छन्, ‘यसो विचार गर्दा औषत नेपालीलाई सेयर बजारमा लगानी गर्नको लागि एउटा बैंकबाट ४ करोड र अर्को सबैबाट मिलाएर १२ करोड रुपैयाँसम्म लिन सकिने भन्यो भने कसैलेपनि त्यसलाई सामान्य हो भन्दैनन्। असामान्य नै भन्छन्। त्यहाँ के भइदिन्छ भने सिमीत व्यक्तिहरुले मात्रै ५०औं करोड लिने तथ्यांकहरु छन्।’
पछिल्लो समय बैंकमा तरलताको अभाव रहेको र लगानीका अन्य क्षेत्र पनि खुलेसँगै मार्केट घट्नु स्वभाविक रहेको क्षत्री बताउँछन्। ‘पुस महिनाका लागि नयाँ ब्याजदर तोक्ने कुराहरु आएका छन्,’ क्षत्री भन्छन्, ‘पुस मसान्तसम्म तरलताको समस्या झन् बढ्ने संकेत देखिएकाले पुँजीबजार घट्ने प्रक्रिया अर्थात प्राविधिक भाषामा भन्नुपर्दा बेयरिस ट्रेन्डमा गइरहन्छ।’
सेयर बजार एकदमै राम्रो पोजिटिभ मास लगानी भइरहेको थियो, २२ अर्ब रुपैयाँसम्म लगानी पनि भयो। बजार भनेको संवेदनशील क्षेत्र हो। लगानीकर्ताको मनोविज्ञान एकदम बलियो थियो। अझ अगाडि जान्छ भन्नेमा सबै जना खुसी थिए। तर, राष्ट्र बैंकले केही कम्पनीलाई रेड अर्लटको सूचीमा राखिदियो। त्यतिबेला २ देखि अढाई सय अंक घट्यो। पछि सुधार हुँदै गइरहेको थियो, त्यही बीचमा राष्ट्र बैंकले नीति बदलिदियो। राष्ट्र बैंकले सिसिडीलाई सिडी रेसियो गरिदियो, त्यसले बजारका लागि जति लोन पाइरहेको व्यवस्थालाई हटाउने काम गरेको छ।
२ वर्ष कोभिडले थला परेको बजार भर्खर अहिले उँभो लाग्ने भइरहेको थियो, अचानक सिसिडीलाई सिडी नगरिदिएको भए हुन्थ्यो कि एक वर्षको लागि।
अहिले सुनामी आएजस्तो, भुईँचालो आएजस्तो भइरहेको छ। यो सबै अर्थमन्त्रालय र राष्ट्र बैंकले बुझ्नुपर्ने कुरा हो। पहिलो कुरा सिसिडीलाई सिडी गरिदिनु भयो, अर्को कुरा ४ करोड र १२ करोड रुपैयाँ ऋणको कुरा निकालिदिनु भयो। एउटै बैंकबाट गरेको भएपनि हुन्थ्यो नि, आखिर लोन लिने त त्यति नै हो।
४४/४५ खर्बको पुँजी बजारमा बैंकहरुको कर्जा १ खर्ब रुपैयाँ मात्रै रहेछ। त्यो भनेको २ देखि ३ प्रतिशत मात्रै हुन्छ।
यी कुराले बजारमा नराम्रो असर परेको हुनाले पुँजी बजार घट्दै गएको हो। पछिल्लो समय राष्ट्र बैंक र अर्थ मन्त्रालयबाट पनि एक दुई वटा नेगेटिभ अभिव्यक्ति आइदिए। प्रचण्डजीले पनि यतिबेलै नेगेटिभ कुरा गरिदिनु भएको रहेछ।