मंगलबार, मंसिर ११, २०८१
  • गृहपृष्ठ
  • अर्थ
  • किसान भन्छन्- मल पाएनौँ, सरकार भन्छ- मौज्दात प्रशस्त छ, ढुवानीमा समस्या

Siddartha premir insuranceSiddartha premir insurance

किसान भन्छन्- मल पाएनौँ, सरकार भन्छ- मौज्दात प्रशस्त छ, ढुवानीमा समस्या

डीएपी कृषि सामाग्री कम्पनी लिमिटेडसँग ४५ हजार मेट्रिक टन मौज्दात रहेको भण्डारीको दावी छ। ‘केही दिनअघिसम्म ५४ हजार मेट्रिक टन मौज्दात थियो,’ भण्डारीले भने, ‘किसानले किनेर लगेका कारण अहिले ४५ हजार मेट्रिक टन मौज्दात रहेको छ।’
 |  बिहीबार, जेठ १३, २०७८
nespernesper

प्रेम चन्द

प्रेम चन्द

बिहीबार, जेठ १३, २०७८

काठमाडौं- मल नपाएको भन्दै किसानहरूले गुनासो गर्न थालेका छन्। कृषि सामग्री कम्पनी लिमिटेडका प्रमुख नेत्र भण्डारीले कम्पनीमा मल नपाएको गुनासो आउन थालेको स्वीकार गरेका हुन्। 

triton college

निषेध आदेशका कारण मल आपूर्तिमा समस्या भएको लिमिटेड प्रमुख भण्डारीको दाबी छ। ‘किसानले मल नपाएका गुनासा आएका छन्,’ उनले भने, ‘त्यो नपाइएको हाम्रो कारणले होइन, निषेध आदेशको प्रभाव सबैतिर भएका कारण कहीँकतै समस्या आएको हुन सक्छ।’

उनका अनुसार अहिले धानका लागि किसानले डीएपी मल खरिद गर्ने गरेका छन्। डीएपी कृषि सामाग्री कम्पनी लिमिटेडसँग ४५ हजार मेट्रिक टन मौज्दात रहेको भण्डारीको दावी छ। ‘केही दिनअघिसम्म ५४ हजार मेट्रिक टन मौज्दात थियो,’ भण्डारीले भने, ‘किसानले किनेर लगेका कारण अहिले ४५ हजार मेट्रिक टन मौज्दात रहेको छ।’

निषेध आदेशका कारण मल आपूर्तिमा समस्या भएको लिमिटेड प्रमुख भण्डारीको दाबी छ।

कम्पनीसँग युरिया मल २० हजार मेट्रिक टन र पोटास ४ हजार ७ सय मेट्रिक टन मौज्दात रहेको छ। सामान्य अवस्थामा मलको उक्त परिमाणले असार महिनासम्म पुग्ने भण्डारीको दाबी छ। ‘हाम्रो कृषि प्रणाली अनुसार असारसम्म यही मलले धान्छ,’ उनले भने, ‘मागको ७० प्रतिशत हामीले र ३० प्रतिशत साल्ट ट्रेडिंग कर्पोरेसनले आपूर्ति गर्दै आएका छौं।’

Metro Mart
vianet

पछिल्लो समय निषेध आदेशका कारण सबै बैंकसमेत खुला नहुने भएकाले मलको आपूर्तिमा ढिलाइ भइरहेको भण्डारीको स्वीकारोक्ति छ। ‘निषेध आदेशको प्रभाव सबैलाई छ नि! बैंक खुल्नु पर्‍यो। सिडियो सापहरुले लोड अनलोडका लागि अनुमति दिनु पर्‍यो,’ भण्डारीले भने, ‘ढुवानीका लागि गाडी पाउनुपर्‍यो। हामीसँग देशभरि नै मल स्टक छ, अभाव भएको होइन।’

‘युरिया मल आपूर्ति निरन्तर र सामान्य छ,’ उनले भने, ‘हाम्रोमा गोदाम प्रशस्त नभएर थन्क्याएर राख्न पनि सकिँदैन। गहुँको लागि पनि भदौमा डीएपी मल ल्याउन टेन्डर सम्पन्न भइसकेको छ।’

धान रोप्ने सिजन भएकाले यस्तो बेला डीएपी मलको आवश्यकता हुने उनको भनाई छ। त्यस्तै चैते धानका लागि किसानले यसअघि नै मल खरिद गरेर लगिसकेको उनको भनाइ छ। 

उनका अनुसार बंगलादेश र कोलकाताबाट थप युरिया मलको आयात पनि भइरहेको छ। बंगलादेशबाट १९ हजार मेट्रिक टन, र कोलकाताबाट २० हजार मेट्रिक टन मल आयातको क्रममा छ।

‘युरिया मल आपूर्ति निरन्तर र सामान्य छ,’ उनले भने, ‘हाम्रोमा गोदाम प्रशस्त नभएर थन्क्याएर राख्न पनि सकिँदैन। गहुँको लागि पनि भदौमा डीएपी मल ल्याउन टेन्डर सम्पन्न भइसकेको छ।’

आयातका क्रममा कोभिड-१९ को प्रभावले केही ढिलाई भइरहेको समेत भण्डारीको भनाइ छ। ‘लोड अनलोड गर्ने ठाउँमा बाधा आउने गरेको छ। त्यस्तो ठाउँमा चाहिएजति मान्छे जान सकेका छैनन्,’ उनले भने, ‘अहिले सबैतिर कोभिड भएको हुनाले सीमित मान्छे छन्। समस्या आएको छ।’

साल्ट ट्रेडिंगले पनि मलको अभाव नरहेको र निषेध आज्ञाका कारण ढुवानीमा समस्या आएको हुनसक्ने जानकारी दिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ।

‘मन्त्रालयमा प्रवक्तालाई सिधै फोनमा सम्पर्क गरी मलको समस्याका बारेमा जानकारी गराएमा हामी थप समन्वय गरिदिन्छौं,’ सचिव कार्कीले भने।

मन्त्रालयले मलको मौज्दात प्रशस्त रहेको दाबी गर्दै ढुवानीमा समस्या सामाधान गर्न आवश्यक पहल गर्ने प्रतिबद्धता गरेको छ। मन्त्रालयका सचिव डा. योगेन्द्रकुमार कार्कीले ढुवानीमा भएको समस्याका कारण मल आपूर्तिमा समस्या आएको सुनिएकाले आवश्यक समन्वय भइरहेको बताए। ‘मल अत्यावश्क वस्तु हो,’ उनले भने, ‘ढुवानीका लागि आवश्यक समन्वय गर्न छलफल पनि गरिहेका छौं। सुरक्षा निकायसँग समन्वयमा छौं।’  

कहीँकतै मलको अभाव भए साल्ट ट्रेडिंका कर्पोरेसन लिमिटेड, कृषि सामाग्री कम्पनीमा सम्पर्क गर्न र कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा फोन सम्पर्क गर्न समेत उनले आग्रह गरे। ‘मन्त्रालयमा प्रवक्तालाई सिधै फोनमा सम्पर्क गरी मलको समस्याका बारेमा जानकारी गराएमा हामी थप समन्वय गरिदिन्छौं,’ सचिव कार्कीले भने।

गत वर्ष मल आयातका लागि ठेक्का पाएको ठेकेदार कम्पनीले समयमै मल नल्याउँदा मल आपूर्तिमा समस्या आएको थियो। ठेकेदार कम्पनीले ढिलो गरी ल्याएको मल नै मौज्दात राख्दै कृषि तथा पशुपन्छी विकास मन्त्रालयले यस वर्ष मलको अभाव नहुने दाबी गरेको थियो।

प्रकाशित: May 27, 2021| 14:00 बिहीबार, जेठ १३, २०७८
प्रतिक्रिया दिनुहोस्