मंगलबार, मंसिर ११, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

किसान भन्छन्, व्यापारी आए बेच्ने हो, नत्र खेर फाल्ने

पूर्व अर्थसचिव शान्तराज सुवेदी भन्छन्, ‘उत्पादित तरकारी बजार अभावमा नाश हुन थालेको छ। उपत्यकामा तरकारी छोइनसक्नु महँगो छ।’
 |  शुक्रबार, वैशाख ३१, २०७८
nespernesper

प्रेम चन्द

प्रेम चन्द

शुक्रबार, वैशाख ३१, २०७८

काठमाडौं- कोभिड १९ को महामारी नफैलिएको भए चितवनका तरकारी किसान लेखनाथ भुसाल यति बेला दौडधुपमा हुन्थे। कहिले पोखरा, कहिले बुटवल त कहिले काठमाडौं, तरकारी पुर्‍याउन उनलाई भ्याइ नभ्याइ हुन्थ्यो। यसरी तरकारी बिक्रीका लागि लैजाँदा भाउ पनि राम्रै पाउँथे उनी। तर यति बेला उनी बारीबाट १० रुपैयाका दरले काँक्रो बेचिरहेका छन्। 

triton college

निषेध आदेशका कारण उनको दैनिकी घरमै सीमित  छ। ‘कोही व्यापारी आउनुभयो भने मात्रै तरकारी बेच्ने गरेको छु’ उनले नेपाल समयसँग फोनमा भने, ‘यस्तो बेलामा कहींकतै जानुजस्तो पनि छैन। सामान्य अवस्थामा त कहिले बुटवल, कहिले पोखरा, कहिले काठमाडौं आफैंले लैजान्थें।’ 

भरतपुर महानगरपालिका–२५ को १० बिघामा व्यक्तिगत तरकारी खेती गर्दै आएका उनी १०० बिघामा लगाइएको सामूहिक तरकारी खेतीमा पनि आबद्ध छन्। १८ जना मिलेर थालिएको सामूहिक तरकारी खेती र व्यक्तिगत तरकारी खेतीमा खटिनुपर्ने भएकाले सामान्य अवस्थामा उनको दैनिकी प्रायः तरकारी बारीदेखि बजारसम्म हुने गरेको थियो।

किसानले बारीमा लगाएकाे तरकारी।

व्यक्तिगत तरकारी खेतीमा उनी सिजनल तरकारी काउली, बन्दा, करेला, काँक्रो, लौका, चिचिण्डा, बोडीलगायतका फाउँछन्। मासिक औसत २० टनसम्म तरकारी बेच्ने गरेको उनी बताउँछन्। ‘तरकारीले भाउ पाएको समयमा मासिक १० लाख रुपैयाँसम्म आम्दानी हुने गरेको छ’, उनी भन्छन्।

अहिले उनको बारीमा लौका, करेला, काँक्रो, चिचिण्डा, बोडी प्रशस्त फलेका छन्। केही दिनअघिसम्म २ दिन बिराएर टिपेर बजार पठाइने यी तरकारी अहिले ३ देखि ४ दिनसम्म पनि बारीमै हुन्छन्। त्यो पनि कुनै क्रेता (व्यापारी) आयो भने मात्रै। ‘एक बिघामा लगाइएको करेला दिन बिराएर बजार पठाउँथें’, उनी भन्छन्।

Metro Mart
vianet

‘एक दिन बिराएर टिप्नुपर्ने लौका र करेला, तीन दिन, चार दिनसम्म पनि बिराउनुपरेको छ। कुनैकुनैचाहिँ छिप्पिएर अलि ठूलो भएपछि टिपेर फाल्ने गरेको छु। बजारसम्म तरकारी लैजान समस्या भयो।’ 

दिन बिराएर बोडी टिप्थे। बोडी पनि १ बिघामा लगाएका छन् उनले। काँक्रो दैनिक टिपेर बजार लैजान्थे भने लौका र करेला दिन बिराएर टिप्थे। निषेध आदेश भएपछि कुनैकुनै दिन त तरकारी फाल्नुपरेको उनी बताउँछन्। ‘एक दिन बिराएर टिप्नुपर्ने लौका र करेला, तीन दिन, चार दिनसम्म पनि बिराउनुपरेको छ’, उनी भन्छन्, ‘कुनैकुनैचाहिँ छिप्पिएर अलि ठूलो भएपछि टिपेर फाल्ने गरेको छु। बजारसम्म तरकारी लैजान समस्या भयो।’ 

उनी सामान्य अवस्थामा काठमाडौंको कालीमाटी तरकारी बजारमा उत्पादनको ठूलो हिस्सा पठाउँथे।  ‘सामान्य अवस्था भएको भए तरकारी आफैंले बजारसम्म पुर्‍याउँथें’, उनी भन्छन्, ‘बुटवल र यताउति आफैं लैजान्थे। अहिले त व्यापारी आए भने दिने हो, नत्र खेर फाल्ने हो।’

काठमाडौंमा महँगियो तरकारी

किसानले टमाटरबाहेक लौका, करेला, काँक्रो १० देखि १२ रुपैयाँ प्रतिकिलोका दरले बिक्री गरिरहेका छन्। ‘टमाटर १ सय रुपैयाँसम्म पनि बिक्री हुने अवस्था छ। उत्पादन छैन’, भुसालले भने, ‘अन्य तरकारी १० देखि १२ रुपैयाँ प्रतिकिलोका दरले बेच्नुपर्ने बाध्यता छ। २० देखि २५ रुपैयाँ प्रतिकिलोका दरले मात्रै पनि बेच्न पायो भने हामीलाई थोरै नाफा हुन्थ्यो।’ १० देखि १२ रुपैयाँ प्रतिकिलोका दरले बेच्नुपर्दा लगानी मात्रै उठिरहेको उनको भनाइ छ।

उनले १० देखि १२ रुपैयाँ किलोका दरले बिक्री गरिरहेको अधिकांश तरकारीको मूल्य काठमाडौंको उपभोक्ता मूल्य भने १० गुणासम्म पनि महँगो छ। भुसालले १० रुपैयाँका दरले बेचिरहेको काँक्रोको उपभोक्ता मूल्य काठमाडौंमा ८० देखि १ सय रुपैयाँसम्म छ। 

केही दिनअघि काठमाडाैंकाे कालीमाटी तरकारी बजारमा लागेकाे उपभाेक्ताकाे भीड।

‘लौका, करेला १० देखि १२ रुपैयाँ किलोमा बिक्री भएको छ।  भाउ पाएका बेला करेला ८० देखि ८५ रुपैयाँ किलो पनि पुग्छ’, उनी भन्छन्।  काठमाडौंमा लौका र करेलाको उपभोक्ता मूल्य प्रतिकिलो ८० रुपैयाँसम्म छ। निषेध आदेशका कारण बजार चेन टुट्दा अधिकांश किसान मारमा परेका छन्।  

जानकारहरु पनि अहिले एकातिर किसानका उत्पादन खेर गइरहेको र अर्कोतिर उपभोक्ताले महँगो मूल्य तिर्नुपरेको बताउँछन्। पूर्व अर्थसचिव शान्तराज सुवेदी भन्छन्, ‘उत्पादित तरकारी बजार अभावमा नाश हुन थालेको छ। उपत्यकामा तरकारी छोइनसक्नु महँगो छ।’
यस्तो बेलामा किसानको उत्पादन बजारसम्म पुर्याउन कृषि मन्त्रालयले सहजीकरण गर्नुपर्ने सुवेदी बताउ“छन्। 

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले समस्यामा परेका किसानका समस्या सामाधान गर्न तत्पर रहेको जनाएको छ। मन्त्री पद्मा अर्यालले भनिन्, ‘किसानका समस्या सामाधान गर्न हामी तयार छौं।’ उनले सरकारका तर्फबाट संकटको समयमा गर्नुपर्ने काममा आवश्यक छलफल गरी अगाडि बढ्ने बताइन्। 

प्रकाशित: May 14, 2021| 10:34 शुक्रबार, वैशाख ३१, २०७८
प्रतिक्रिया दिनुहोस्