आइतबार, भदौ १४, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • बहराइनका राजकुमारको टोली गोकर्ण रिसोर्टमा, सात दिनपछि आरोहणका लागि प्रस्थान गर्ने

बहराइनका राजकुमारको टोली गोकर्ण रिसोर्टमा, सात दिनपछि आरोहणका लागि प्रस्थान गर्ने

लोबुचे र मनास्लु हिमाल आरोहणका लागि आएको रोयल गार्ड बहराइनको टोली गोकर्ण फरेस्ट रिसोर्टमा बसेको छ।
 |  बुधबार, भदौ ३१, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, भदौ ३१, २०७७

काठमाडौं– लोबुचे र मनास्लु हिमाल आरोहणका लागि आएको रोयल गार्ड बहराइनको टोली गोकर्ण फरेस्ट रिसोर्टमा बसेको छ।

नेपाल आइपुगेकाे बहराइनका राजकुमारसहित १८ सदस्यीय टोली रिसोर्टमा सात दिन क्वारेन्टिनमा बस्नेछ।

टोलीको स्थानीय एजेन्सी सेभेन समिट ट्रेक्स हो। ट्रेक्सका अध्यक्ष मिङ्मा शेर्पाका अनुसार टोली सात दिनपछि स्वास्थ्य मापदण्ड पालना गर्दै लोबुचे हिमाल आरोहण गर्न प्रस्थान गर्नेछ।

करिब १० दिन लाग्ने लोबुचे हिमाल आरोहणपछि उनीहरु पुनः काठमाडौं आएर सात दिन बस्नेछन्। त्यसपछि मनास्लु हिमाल आरोहणका लागि जानेछन्। मनास्लु हिमाल आरोहणका लागि करिब एक महिना लाग्छ।

लोबुचे ६ हजार ११९ मिटर र मनास्लु ८ हजार १६३ मिटर उचाइँको हिमाल हो।

टोलीको सन् २०२१ मा सगरमाथा आरोहण गर्ने लक्ष्य छ। ‘यो आरोहण सगरमाथा चढ्नको लागि तयारी हो,’ शेर्पाले भने, ‘अहिले मनास्लुको ७ हजार मिटर उचाइँसम्म पुगेर फर्किए पनि सगरमाथा आरोहण गर्न सहज हुन्छ।’

पढ्नुस् : 

बहराइनबाट १८ जना हिमाल आरोहणका लागि नेपाल प्रस्थान

 

प्रकाशित: Sep 16, 2020| 13:03 बुधबार, भदौ ३१, २०७७
प्रतिक्रिया दिनुहोस्