सोमबार, भदौ १, २०८३
  • गृहपृष्ठ
  • समाज
  • पौडेल समूहले आज पनि केन्द्रीय समिति बैठक बहिष्कार गर्ने

पौडेल समूहले आज पनि केन्द्रीय समिति बैठक बहिष्कार गर्ने

 |  आइतबार, मंसिर २९, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर २९, २०७६

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको आज बस्ने केन्द्रीय समिति बैठक वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले बहिष्कार गर्ने भएको छ।

यसअघिको केन्द्रीय समिति बैठकमा सभापति शेरबहादुर देउवाले एकपक्षीय प्रस्ताव ल्याएको भन्दै पौडेल र अर्का नेता कृष्णप्रसाद सिटौला समूहले बैठक बहिष्कार गरेको थियो।

सभापति देउवाले दुवै समूहलाई मिलाउने प्रयास गरे पनि अहिलेसम्म कुनै सहमति हुन सकेको छैन।

शनिबार सभापति देउवा र पौडेल समूहबीच छलफल भएको थियो। आइतबार बिहनसम्म कुनै पनि सहमतिमा पुग्न नसकेपछि पौडेल समूहले बैठक बहिष्कार गर्ने निर्णय गरेको हो।

केन्द्रीय सदस्य रामकृष्ण यादवका अनुसार महाधिवेशनको कार्यातालिका नआएसम्म केन्द्रीय समिति बैठक बहिष्कार गरिनेछ।

सभापति देउवाले ल्याएको अन्य प्रस्तावमा पनि संशोधन गर्नुपर्ने असन्तुष्ट पक्षको माग छ। कांग्रेसको केन्द्रीय समिति बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको छ।

बैठकअघि आज बिहान गुटगत भेलाहरु भएका थिए ।

प्रकाशित: Dec 15, 2019| 05:36 आइतबार, मंसिर २९, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।