शुक्रबार, साउन २९, २०८३

चन्द्रयान-२ : आज राति चन्द्रमाको सतहमा ओरालिँदै

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४


काठमाडौं- चन्द्रमाबाट ३५ किमि टाढाको कक्षमा घुमिरहेको चन्द्रयान-२ आज राति चन्द्रमाको दक्षिण ध्रुवमा ओरालिँदैछ । 

भारतीय अन्तरिक्ष अनुसन्धान संस्थान (इरो)का अनुसार चन्द्रयान-२ ले भारतीय समयअनुसार आज राति १ः३० देखि २ः३० को बीचमा चन्द्रमाको सतहमा ओरालिनेछ ।  

चन्द्रमामा ‘सफ्ट ल्याण्डिङ’ सफल भए भारत यो उपलब्धि हासिल गर्ने चौथो देश बन्नेछ । यसअघि अमेरिका, रुस र चीनले चन्द्रमामा आफ्ना यान ओरालिसकेका छन् । 

यस्तै, भारत चन्द्रमाको दक्षिणी ध्रुवमा यान ओराल्ने पहिलो देश बन्नेछ । 

इसरोका वैज्ञानिकले ‘ल्याण्डिङ’को तयारीलाई अन्तिम रूप दिन जुटिरहेको बताएका छन् । 

चन्द्रयान–२ यही वर्षको जुलाई २२ मा प्रक्षेपण गरिएको थियो । 

उक्त अभियानका लागि ९७८ करोड रूपैयाँ लागत लागेको इसरोले जनाएको छ । 

भारतले यसअघि भारतले सन् २००८ अक्टुवर २२ मा चन्द्रयान–१ प्रक्षेपण गरे पनि सफल ‘ल्याण्डिङ’ गर्न सकेको थिएन ।

(एजेन्सीको सहयोगमा) 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।