नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले स्वामिमानी कांग्रेस खोज्ने बेला आएको भन्दै नेतृत्वप्रति तीब्र असन्तुष्ठी जाहेर गरेका छन्।
काठमाडौं महानगरपालिकाले मुख्यमुख्य चोकमा सबैतिर उज्यालो दिने बत्ती ‘हाइमास्ट’ जडानको योजना बनाएको छ।
गुठी विधेयकविरुद्ध काठमाडौंको बसन्तपुरमा प्रदर्शन गरिएको छ।
नेपाल प्रहरीमा रासनभत्ता बढ्ने भएको छ। भौगोलिक बनावट र सामानको मूल्यअनुसार फरक-फरक जिल्लामा फरक-फरक अनुपातमा रासन भक्ता वृद्धि हुनेछ।
संसद्को राज्य व्यवस्था समितिले विप्लब समूहका सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेल मारिएको घटनाबारे एक हप्ताभित्र छानबिन गर्न गृह मन्त्रालयलाई निर्देशन दिएको छ।
सरकारले प्रेस स्वतन्त्रता विरोधी कानूनहरु ल्याउन लागेको भन्दै त्यसविरुद्ध काठमाडौंका कार्टून प्रदर्शन हुने भएको छ।
प्रदेश ५ ले आर्थिक वर्ष ०७६।०७७ को बजेट पारित गरेको छ।
धरान उपमहानगरपालिकाले पर्यटन प्रचार पुस्तिका बनाउने भएको छ ।
सरकारले विकसित मुलुकसँगको श्रम सम्झौतालाई प्राथमिकतामा राखेको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प यसै साताको अन्त्यमा दक्षिण कोरियाको भ्रमण गर्न लागेका छन्।
भारतीय कांग्रेसका सांसद अधीर रञ्जन चौधरीले विंग कमाण्डर अभिनन्दन वर्तमानको जुँगालाई राष्ट्रिय जुँगा घोषणा गर्न माग गरेका छन्।
सीमावर्ती भारतीय राज्य उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले ‘नेपाल ढिलोचाँडो हिन्दु राष्ट्रका लागि तयार हुने’ अभिव्यक्ति सार्वजनिक गरेका छन्।
अवैध सुन कारोबारमा संलग्नमाथि निगरानी बढाइएको छ। स्रोत नखुलेको र तोकिएभन्दा बढी सुन राख्नेमाथि प्रहरीले निगरानी बढाएको हो।
इलामको सूर्योदय नगरपालिकाका चिया उद्योगीले उद्योग बन्द गर्ने निर्णय गरेका छन्।
संसदीय समितिले काठमाडौं–निजगढ दू्रतमार्ग निर्माणको काम तोकिएकै समयमा सम्पन्न गर्न नेपाली सेनालाई निर्देशन दिएको छ।
नेपाल राष्ट्र बैंकका गभर्नर डा.चिरन्जीवी नेपालले आगामी मौद्रिक नीति फोर्स मर्जरमा केन्द्रित हुने संकेत गरेका छन्।
नेत्रविक्रम चन्द विप्लव समुहका कार्यकर्ता कुमार पौडेलको हत्याका विषयमा गृहमन्त्री रामबहादुर थापाले संसदीय समितिमा जवाफ दिएका छन् ।
भारतबाट यही असार महिनामै पाइपलाइनबाट इन्धन आउने भएको छ ।
चर्चित व्यवसायी अजय सुमार्गीको स्वामित्वमा रहेको नेपाल स्याटेलाइटले पुँजीगत लाभकर स्वरुप ४ अर्ब ३२ करोड रुपैयाँ तिर्नुपर्ने भएको छ ।
बाँकेको सीमावर्ती ग्रामीण क्षेत्रमा भारतले बनाएको अग्लो सडकका कारण नरैनापुरमा सयौँ नेपालीका घर डुबानमा परेका छन् ।
सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका महेशवारीस्थित प्रहरी कार्यालयमा एक महिलाको शव फेला परेको छ।
कतारलाई पराजित गर्दै अर्जेन्टिना कोपा अमेरिका फुटबलको क्वाटरफाईनलमा प्रवेश गरेको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष कमल थापाले प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ को बचाउ गर्दै आएका छन्।
