प्रहरी कार्यलय भित्रै महिलाको शव फेला 

/assets/plugins/bower_components/fileman/Uploads/post_images/April/girl_suicide.jpg

जनकपुर- सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका महेशवारीस्थित प्रहरी कार्यालयमा एक महिलाको  शव फेला परेको छ।

प्रहरी कार्यालयको शौचालयमा सुमनदेवी ठाकुरको शव झुण्डिएको अवस्थामा शव फेला परेको हो । शौचालयको भेन्टिलेसनमा झुन्डिएको अवस्थामा सुमनको शव आइतबार फेला परेको थियो ।

ईलाका प्रहरी कार्यालय लहानका डिएसपी भेषराज रिजालका अनुसार सुमनदेवीलाई प्रहरीले मोबाइल चोेरीसम्बन्धी घटनामा शनिबार पक्राउ गरेको थियो ।   ईलाका प्रहरी कार्यालय लहानमा ठाउँ अभावको कारण उनलाई महेश्वारी प्रहरी हिरासतमा पठाइएको थियो । 

उनीसंगै चेक बाउन्स मुद्दामा पक्राउ परेकी एक जना महिलालाई पनि त्यही पठाइएका थियो। दुवै जना संगै सुतेको र आइतबार विहान उठेर प्रहरी कार्यलयको परिसरमै कुराकानी गरिरहेका थिए।

https://www.nicasiabank.com/
एक छिन पछि बैंककिङ्ग कसुरमा पक्राउ परेकी महिलाले त्यहाँका प्रहरीलाई चिया खाने भनिन र प्रहरी दुवै जनाको लागि चियाको प्रवन्ध गर्न गएको बेला  सुमनदेवी अचानक पेट दुख्यो भनेर शौचालयमा गएकी थिइन्। 

१५/२० मिनेटसम्म पनि फर्केर नआउदा शंका लागि महिला प्रहरी हेर्न जाँदा सुमनदेवी शौचालयको भेन्टिलेशनमा आफ्नै साडीमा झुन्डिएर आत्महत्या गरेको अवस्थामा फेला परेकि थिइन्। 

सप्तरी खड्क नगरपालिका वडा नम्बर ७ घर भई हाल लहान बस्दै आएकी २५ वर्षीय सुमनदेवी मोबाइल चोरीमा पक्राउ परेको हुँदा लोकलाजको कारण शौचालयको भेन्टिलेशनमा आफ्नै साडीमा झुन्डिएर आत्महत्या गरेको प्रहरीको दावी छ ।  

घटनाबारे  अनुसन्धान जारि रहेको जिल्ला प्रहरी कार्यलय सिराहाका एसपी उमा प्रसाद चतुर्वेदीले बताएका छन् । मृत्क सुमनदेवीका पति लक्ष्मण ठाकुर आक्रोशित हुँदै घटनाको सत्यतथ्य  पत्तालगाउन  माग गरेका छन्।

प्रतिक्रिया