प्रहरीको रासन भत्ता वृद्धि : कसले कति पाउँछन् ?

/assets/plugins/bower_components/fileman/Uploads/post_images/2019, January/June/Police-copy_1.jpg

काठमाडौं- नेपाल प्रहरीमा रासनभत्ता बढ्ने भएको छ। भौगोलिक बनावट र सामानको मूल्यअनुसार फरक-फरक जिल्लामा फरक-फरक अनुपातमा रासन भक्ता वृद्धि हुनेछ।

साउन १ देखि लागू हुनेगरी अर्थ मन्त्रालयले प्रहरीको रासन सुविधा वृद्धि गरेको हो।

रासन सुविधा अर्थ मन्त्रालयबाट स्वीकृत भए पनि मन्त्री परिषदले अनुमोदन गर्नुपर्ने व्यवस्था छ।

सशत्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागमा भने रासन भत्ता बढ्नेबारे कुनै निर्णय भएको छैन। नेपाल प्रहरीले रासन सुविधा दाल चामल तेल लगायत १६ प्रकारका समानमा पाउदै आएको छ भने ससस्त्रले अण्डा, कुखुराको मासु लगायत १९ प्रकारका रासन पाउदै आएको छ।

नेपाली सेनाले २४ प्रकारका खाद्यान्न सुविधा पाउदै आएको छ। अर्थ मन्त्रालयले प्रहरीका लागि आर्थिक वर्ष ०७/७७ का लागि चार अर्व ६४ करोड ९४ लाख रुपैयाँ बजेट छुट्याएको छ। प्रत्येक दुई वर्षमा समायोजन हुनुपर्ने रासन भत्ता २०७१ सालदेखि समायोजन भएको थिएन।

नेपाल प्रहरीको रासनभत्ता सुगम र अति दुर्गममा फरक–फरक दिईदै आएको छ। काठमाडौमा यसअघि दैनिक १७५ दिईँदै आएकोमा आगामी साउन १ देखि १९ रुपियाँले बढेर १९४ पुग्नेछ।

काठमाडौ उपत्यकामा कार्यरत प्रहरीले दैनिक १९४ रुपैयाँ २९ पैसा रासन सुविधा पाउने छन् भने झापामा कार्यरत प्रहरीले १५७ रुपैयाँ १७९ रुपैयाँ ८९ पैसा, इलाममामा कार्यरत प्रहरीले २०० रुपैयाँ पाउनेछन्।

ताप्लेजुङको ओलाङचुङगोलामा कार्यरत प्रहरीले ४४४ रुपैयाँ लिँदै आएकोमा अब ६१५ रुपैयाँ पाउने भएका छन्। प्रहरीमा खाद्यान्नको भाउ अनुसार जिल्ला प्रशासन कार्यालयले समिति गठन गरि रासन सुविधाबारे मूल्य निर्णारण गदै आएको छ।
 




प्रतिक्रिया