मंगलबार, साउन २६, २०८३

सम्पूर्ण अपडेट- आज के-के भयो ?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- आज जेठ ३२ गते शनिबार कहाँ के-के भयो? अब थाहा पाउनुहोस्, नेपाल समय दिनभरी।

सिमेन्ट उद्योगको ढलान भत्कियो, तीन जनाको मृत्यु

दाङमा सम्राट सिमेन्ट उद्योगको ढलान भत्कँदा तीन मजदुरको मृत्यु भएको छ। लमही नगरपालिका ७ मा रहेको सिमेन्ट उद्योगको नयाँ प्लान्ट निर्माणको क्रममा शुक्रबार राति छैटौं तलाको ढलान भत्कँदा उनीहरुको मृत्यु भएको हो। 

यसरी हुन्छ सरकारी गाडिको चरम दुरुपयोग (फोटो फिचर)

शनिबार दिउँसोको करिव चार बजेको समयमा सिमावर्ती कंचनपुरको डोकेबजारस्थित एक सेकुवा सेन्टर बाहिर सरकारी नम्बर प्लेटको स्कारपियो रोकिएको थियो। बा२झ ४२२७ नम्बरको उक्त स्कारपियो बझाङको मष्टा गाउँपालिकाको रहेको पाइएको छ।

करेन्ट लागेर महिलाको मृत्यु

बाँकेको जानकी गाउँपालिका–१ बडैया गाउँमा शनिबार करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ। आफ्नै घरमा कुचो लगाउँदै गर्दा २० वर्षीया अनिता गुप्ताको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिए।

बजेटपछि ४४ अङ्कले घट्यो शेयर बजार

सरकारले आगामी आर्थिक वर्षको बजेटमा धितोपत्र बजारप्रति सकारात्मक सोचका साथ नीति तथा कार्यक्रम समावेश गरे पनि त्यसको प्रभाव परेको छैन। 

लोकसेवा आयोगका अध्यक्ष मैनालीको पुतला दहन

 लोकसेवा आयोगले स्थानीय तहमा कर्मचारी भर्ना गर्न आव्हान गरेको विज्ञापन विभेदकारी रहेको भन्दै विद्यार्थीहरुले सप्तरीको राजविराजमा आयोगका अध्यक्ष उमेशप्रसाद मैनालीको पुतला जलाएको छ।

प्रदेश राजधानी : उग्र गर्मी, अध्याँरो जनकपुर

कुलमान सिंह नेपाल विद्युत प्राधिरणको कार्यकारी निर्देशक नियुक्त भएलगत्तै नेपाललाई लोडसेडिङ मुक्त गरे। विद्युत आपूर्तिमा भइरहेका चुहावटहरु नियन्त्रण गरी मुलुकलाई लोडसेडिङ मुक्त बनाएपछि कुलमानको चौतर्फी प्रशंसा भयो। र, यो स्वभाविक पनि थियो किनभने लोडसेडिङको समस्याले आजित भइसकेका नेपाली नागरिकले ठुलो राहत पाएका थिए।

ललितपुर महानगरले गर्‍यो बालप्रतिभा प्रस्तुतिकरण कार्यक्रम

विश्व बाल श्रम विरुद्धको दिवसको अवसरमा ललितपुर महानगरपालिकाले शनिबार बालप्रतिभा प्रस्तुतिकरण कार्यक्रम आयोजना गरेको छ।  महानगरपालिका परिसरमा आयोजित कार्यक्रममा विभिन्न समूहका बालिकाले आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए।

‘किसानको उन्‍नति बिना देशको विकास हुन नसक्ने’

भूमी व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्री पद्याकुमारी अर्यालले कृषिको विकास र किसानको उन्नति बिना देशको विकास हुन नसक्ने बताएकी छन्।

चितवनमा डेङ्गु सङ्क्रमण

जिल्लामा चालु आर्थिक वर्षको ११ महीनाको अवधिमा २६ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ। एक हजार ३७० जनाको रगत परीक्षणमा यो सङ्ख्याका बिरामी देखिएका हुन्। जिल्ला स्वास्थ्य कार्यालयका किट नियन्त्रक राम केसीका अनुसार सङ्क्रमितमध्ये ११ जना चितवनका छन्। अघिल्लो आर्थिक वर्षमा एक हजार २९१ को रगत परीक्षण गरिएकामा ५९ जनामा सो सङ्क्रमण भेटिएको उनले जानकारी दिए।

चार महिनाभित्र नेपालका सबै अध्यागमनमा बायोमेट्रिक्स प्रणाली सुरु

आगमी चार महिनाभित्र नेपालका सबै अध्यागमन कार्यलयमा बायोमेट्रिक्स प्रणाली सुरु गरिने अध्यागमन विभागका महानिर्देशक इश्वर राज पौडेलले बताएका छन्। 

रुखले च्यापिँदा मृत्यु

रुखले च्यापेर कैलालीमा एक जनाको मृत्यु भएको छ।

भारतमा तृणमूल कांग्रेस र कांग्रेसबीच हिंसात्मक झडप, तीन जनाको मृत्यु

भारतको पश्चिम बंगालको मुर्शिदाबादमा तृणमूल कांग्रेस (टीएमसी) र कांग्रेस कार्यकर्ताबीच शनिबार भएको झडपमा तीन टीएमसीका कार्यकर्ताको मृत्यु भएको छ। 

घटेन घरेलु हिंसा

 केही समयअघि अञ्जना महत हत्याकाण्डले बजार ततायो। तेस्रो तलामा सुतिरहेकी बुहारी अञ्जनालाई उनका जेठाजु उज्ज्वलले निर्ममतापूर्वक हत्या गरे। महतलाई मानसिक समस्या रहेको ठहर गरियो। 

आइतबार काठमाडौं उपत्यकाका निजी स्कुल बन्द 

भोली (आइतबार) काठमाडौं उपत्यकाका निजी विद्यालय बन्द हुने भएका छन्। कान्तिपुर एकेडेमी हाईस्कुलका प्रिन्सिपल बालकुमार गुरुङको निधनको शोकमा आइतबार निजी विद्यालय बन्द हुने भएका हुन्।

काठमाडौंमा गर्मी बढ्दो, आज वर्षाको सम्भावना

काठमाडौं उपत्यकासहित देशभर गर्मी बढ्दै गएको छ। शुक्रबार काठमाडौं उपत्यकाको तापक्रम यो वर्षकै सर्वाधिक मापन गरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

गुठी विधेयकविरुद्ध मशाल जुलुश (भिडियो)

गुठी जग्गा भू-माफियालाई सुम्पने डिजाइनसहित सरकारले ल्याएको गुठी विधेयकको विरोधमा नागरिक प्रदर्शन जारी रहेको छ। सरकारले संघीय संसदमा दर्ता गराएको गुठी सम्बन्धी विधेयकको विरोधमा उपत्यकासहित अन्य ठाउँमा पनि प्रदर्शन सुरु भएका छन्।

वैदेशिक रोजगारीको आश्वासन दिएर मानव बेच्ने पक्राउ

 नेपाल प्रहरी मानव बेचबिखन अनुसन्धान ब्यूरोले वैदेशिक रोजगारीको आश्वासन दिएर १५ नेपालीलाई बेचबिखन तथा ओसारपसार गर्ने दुईजनालाई पक्राउ गरेको छ।

'कैलाश बाबु' बनिन् 'भूमिका' 

नैकापको एक सामान्य परिवारमा उनको जन्म भयो। न्वारनमा पण्डितले नाम राखिदिए 'कैलाश।' सबैले 'कैलाश बाबु' भनेर बोलाउँथे। तर उनलाई मन पर्दैन थियो। केटाको रुप र संरचना भए पनि उनको मन केटीकै थियो। उनलाई केटी बन्न मन पर्थ्यो। कसैले नानी वा छोरी भन्दियोस् जस्तो लाग्थ्यो।

‘गुठी विधेयक पारित भए ठुलो प्रलय आउने’

सरकारले ल्याएको गुठी विधेयक पारित भए मुलुकले थाम्न नसक्नेगरी ठुलो प्रलय आउने जनकपुरस्थित जानकी मन्दिरले चेतवानी दिएको छ। धर्मसंस्कृतिमाथि प्रहार गर्ने उद्देश्यले ल्याउने लागिएको विधेयक फिर्ता नभए मुलुकमा ठुलो धार्मिक प्रलय हुने जानकी मन्दिरका मुख्य महन्त रामतपेश्वर दासले चेतावनी दिएका हुन्।

सुत्केरीको मृत्युपछि डडेल्धुरा अस्पतालमा तनाव

चिकित्सकको लापरबाहीले सुत्केरीको मृत्यु भएको भन्दै मृतकका आफन्तले डडेल्धुरा अस्पतालमा प्रदर्शन गरेका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।