सोमबार, साउन २५, २०८३

यी स्थानमा आज धेरै भारी वर्षाको सम्भावना

 |  सोमबार, साउन २५, २०८३

नेपाल समय

नेपाल समय

सोमबार, साउन २५, २०८३

काठमाडौं- जल तथा मौसम विज्ञान विभाग अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको र हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जानकारी दिएको छ।

हाल कोशी र लुम्बिनी प्रदेशको सबै भू-भाग तथा बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लागेको छ भने मधेश प्रदेश तथा बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशको तराई भू-भागमा आंशिक बादल लागेको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपसश्चिम प्रदेशका थोरै स्थानमा हल्का देखि मध्यम वर्षा भईरहेको छ।

आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ। देशको हिमाली भू-भागका केही स्थानमा मेधगर्जन चट्याङ्ग सहितमध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ। देशका पहाडी भू-भागका धेरै स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना छ। कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका केही तथा मधेश प्रदेश, बागमती र गण्डकी  प्रदेशका तराई भू-भागको थोरै स्थानमा मेधगर्जन चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू-भाग, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भाग साथै लुम्बिनी प्रदेशको पहाडी र तराई भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

त्यस्तै आज राति देशभर साधारणतया बादल लाग्नेछ। देशको हिमाली भू-भागका केही स्थानमा मेधगर्जन चट्याङ्ग सहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ। देशको पहाडी भू-भागका साथै बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका धेरै स्थानमा मेधगर्जन चट्याङ्ग सहितमध्यमसम्मको वर्षाको सम्भावना छ। मधेश प्रदेश र कोशी प्रदेशका तराई भू-भागका थोरै स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू-भाग, कर्णाली प्रदेशको पहाडी साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भू-भागका थोरै स्थानमा भारी वर्षा तथा एक-दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना छ।

प्रकाशित: Aug 10, 2026| 06:23 सोमबार, साउन २५, २०८३
प्रतिक्रिया दिनुहोस्