बुधबार, साउन २०, २०८३

सम्पूर्ण अपडेट- आज के-के भयो ?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- आज बैशाख ८ गते आइतबार कहाँ के-के भयो? अब थाहा पाउनुहोस्, नेपाल समय दिनभरी।

एकताको फाइनल डिलका लागि बालुवाटारमा नेकपा बैठक जारि

लामो समयसम्म अडकिएको नेकपाको एकीकरणको फाइनल डिलका लागि अहिले बालुवाटारमा नेकपा सचिवालय बैठक जारि रहेको छ। पूर्व एमालेका दुई खेमाबिच कुरा नमिल्दा लामो समयदेखि रोकिएको एकता प्रक्रियाका विषयमा आज दिनभरी शिर्ष नेतृत्वका बिचमा गरिएको पटक–पटकको छलफलपछि एकता प्रक्रिया सोमबार नै घोषणा गर्ने निष्कर्ष निस्किएको स्रोतले बताएको थियो। उक्त निष्कर्षलाई मूर्तरुप दिन अहिले बालुवाटारमा शिर्ष नेतृत्वबिच बैठक जारी छ।

रानीबारीमा लुटपाट गर्ने तीन पक्राउ  

महानगरीय प्रहरी अपराध महाशाखाले गत चैत २६ गते काठमाडौंको रानीबारीमा लुटपान गर्ने तीन जनालाई पक्राउ गरेको छ।

दमकलविहीन स्थानीय तह

जुम्लाका सात स्थानीय तह दमकलविहीन बनेका छन्। जुम्लाको एकमात्र चन्दननाथ नगरपालिकामा दमकल भए पनि चलाउने चालक नहुँदा थन्किएको छ। 

बिबाहको जीप दुर्घटना, १ को मृत्यु

बझाङमा बिबाहको जीप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ।  खप्तड छान्ना गाउँपालिका नेटाकाटियाँ गाउँबाट जन्ती बोकेर आएको से १ ज ७ सय १८ नम्बरको बलेरो जीप खप्तड छान्ना गाउँपालिकाको लामातोला नजिकै बासपाटा भन्ने ठाउँमा दुर्घटना भएको हो।  

राजा फर्काउन आन्दोलित राप्रपालाई ओलीले सिंहदरबार बोलाए

हिन्दु राज्य तथा राजसंस्था पुनरस्थापनाका लागि आन्दोलनरत राष्ट्रिय प्रजातन्त्र पार्टीलाई वार्ताका लागि सरकारले औपचारिक पत्र पठाएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले राप्रपाले सरकारलाई बुझाएको २२ बुदे मागको सम्बोधनका लागि वार्ता गर्न कानुन मन्त्री भानुभक्त ढकाललाई तोकेका छन्। 

लगनशीलताको नमुना : खेल नशा, व्यवसाय रिक्सा चालक

लगनशीलता सपनाभन्दा सानो छ। कुनै व्यक्तिका लागि लगनशीलता नै नशा हुँदो रहेछ। यसका साक्षी हुन् जिम्न्यास्टिक खेलाडी स्लाम अलि साईलाई। ३३ वर्षीय अलि आठौं राष्ट्रिय खेलकुदको जिम्न्यास्टिक खेलका सबैभन्दा पाका खेलाडी हुन्।

‘कांग्रेसमा नेता गत नभई नीतिगत एकता हुनुपर्छ’

नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले कांग्रेसमा नेता गत नभई नीतिगत एकता हुनुपर्ने बताएका छन्। नेपाली कांग्रेस रुपन्देही क्षेत्र नं. तीनको क्षेत्रीय भेलालाई सम्बोधन गर्दै नेता केसीले पार्टीको आन्तरिक जीवनमा एकता ल्याउन नेतागत एकता भन्दा नीतिगत एकतामा जोड दीनुपर्ने धारणा राखेका हुन्।

हात थाप्ने कारबाहिमा पर्छन् : आइजीपी खनाल

नेपाल प्रहरीका महानिरीक्षक शर्वेन्द्र खनालले ट्राफिक ब्यवस्थापनमा खटिएका प्रहरीले आर्थिक अनियमितता गरेको पाइए तत्कालै कारबाही गरिने बताएका छन्। 

नेकपा एकता : रातभर बालुवाटारमा छलफल, भोलि एकता घोषणा

लामो समयसम्म अडकिएको नेकपाको एकीकरण सोमबार टुंगो लाग्ने भएको छ। आइतबार दिनभर पटक–पटक नेताहरूबिच बालुवाटार भएको छलफलपछि एकता प्रक्रिया सोमबार नै घोषणा गर्ने निष्कर्ष निस्किएको स्रोतले बताएको छ। सोमबार नै पोलिटब्यूरो, जिल्ला र जनवर्गीय संगठनको नेतृत्तकोसमेत घोषणा गरिने बताइएको छ।  

छोरो पाउने आसमा गर्भमै भ्रूण हत्या

जिल्लाको दिपायल सिलगढी नगरपालिका– ४ गैराकी २५ वर्षीया कालु विकले दुई छोरी पाएपछि अर्की पनि छोरी हुने डरले भारतको पलिया शहरमा गएर हालै गर्भपतन गराएर फर्किइन्। दुई छोरी पाइसकेकी कालुले अर्को सन्तान पनि छोरी हुने डरले गर्भपतन गराएको बताइन्। 

पाँच न्यायाधीशले लिए पद तथा गोपनीयताको शपथ

राष्ट्रपति विद्यादेवी भण्डारी सामु प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाले सर्वोच्च अदालतका नवनियुक्त पाँच न्यायाधीशलाई पद तथा गोपनीयताको शपथ दिलाएका छन्। राष्ट्रपति भवन शीतल निवासमा आइतबार आयोजित विशेष समारोहमा शपथ लिनेमा नवनियुक्त न्यायाधीश प्रकाशकुमार ढुङ्गाना, सुष्मालता माथेमा, कुमार रेग्मी, हरिप्रसाद फुँयाल र डा मनोजकुमार शर्मा छन्। 

प्रचण्ड भन्छन्, ‘एकताको सबै कुरा आजै राति टुंगिन्छ, भोलि घोषणा

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले  नेकपा एकता प्रकियाका बाँकी सबै कुरा आइतबार रातिसम्म टुंगो लाग्‍ने र सोमबार घोषणा हुने बताएका छन्।

खेल्न र पढ्न त मन थ्यो नि !

यतिबेला देशभर विद्यालय भर्ना अभियान चलेको छ, १२ वर्षीय  सोनाम तामाङले न पढ्न पाएका छन् न स्कुल पठाउन उत्साहित गर्ने नै कोही छ।

नेकपा एकीकरण :  भोलि नै सबै टु्ंगो लाग्ला त ?

लामो समयदेखि अड्किएको नेकपाको सांगठनिक एकीकरण प्रक्रिया भोलि टुंगोमा पुग्दैछ । यद्यपि केही जिल्ला र जनवर्गीय संगठनको एकता बाँकी रहेकाले भोलिको कार्यक्रमलाई एकता घोषणा सभा नाम दिएको छैन।

काठमाडौँ भ्यू टावरको निर्माण सुस्त, महानगरले थप्यो म्याद 

सुस्त गतिमा निर्माण भइरहेको काठमाडौँ भ्यू टावर (दृश्यावलोकन स्तम्भ) निर्माणका लागि काठमाडौँ महानगरपालिकाले एक वर्ष समय थप गरेको छ । 

सहकारीमा स्थानीय तहको प्रवेशले गञ्जागोल, बचतकर्ताको अर्बौ जोखिममा

नयाँ सहकारी ऐनले कार्यान्वयनमा आएसँगै डिभिजन सहकारी कार्यालय खारेज गरेर सहकारी संस्थाको नियमन र नियन्त्रण स्थानीय तहमा हस्तान्तरण गरिएपछि झन् गन्जागोल भएको छ ।

संसद्को बजेट अधिवेशन वैशाख १६ बाट  

वैशाख १६ गतेबाट संघीय संसद्को बजेट अधिवेशन सुरु हुने भएको छ। त्यसका सरकार र संसद्को नेतृत्व सहमत भएका छन् ।

भूकम्पपीडितले लिए दुई अर्ब ६८ करोड ऋण

बैंक तथा वित्तीय संस्थाले भूकम्पपीडितलाई रु दुई अर्ब ६८ करोड बराबरको सहुलियत कर्जा उपलब्ध गराएको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको आठ महीनाको विवरणअनुसार त्यस्तो कर्जा लिने भूकम्पपीडितको सङ्ख्या एक हजार ५७७ रहेको छ । 

सगरमाथाको एक हजार किलो फोहर काठमाडौं लगियो

सगरमाथा सरसफाइ अभियानअन्तर्गत यस क्षेत्रमा सङ्कलन गरिएको एक हजार किलो फोहर काठमाडौँ लगिएको छ ।

बैशाख ९ मा एकता टुङ्ग्याउन नेकपाका शीर्ष नेता गोप्य छलफलमा

बैशाख ९ गते कम्युनिस्ट दिवसको अवसर पारेर पार्टी एकता टुङ्ग्याउने तयारी गरेका नेकपाका शीर्ष नेताहरु गोप्य छलफलमा जुटेका छन् ।

बार्सिलोना ला लिगाको उपाधि नजिक

स्पेनिस महारथी क्लब बार्सिलोना ला लिगा फुटलबको उपाधि नजिक पुगेको छ । शनिबार राति भएको खेलमा रियल सोसिडाडलाई पराजित गरेसँगै बार्सिलोना लिगको उपाधि नजिक पुगेको हो । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।