आइतबार, साउन १७, २०८३

सम्पूर्ण अपडेट- आज के-के भयो ?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- आज चैत ०२ गते शनिबार कहाँ के-के भयो? अब थाहा पाउनुहोस्, नेपाल समय दिनभरी।

सिकेको बैठकस्थल अचानक किन सारियो?

सरकारसँग ११ बुँदे सम्झौता गरेको स्वतन्‍त्र मधेश गठबन्धनको राष्ट्रिय परिषद् बैठक आइतबार डाकिएको छ। सरकारसँग भएको सहमति पश्चात आगामी रणनीति बनाउन गठबन्धनले परिषद्को बैठक डाकेको हो।

जसको जग्गा पनि लिन सक्ने कानुन बनाउँदैछ सरकार

अधिकांश ठूला परियोजनाको साझा समस्याको रुपमा रहेको जग्गा प्राप्ति र वन क्षेत्रको जग्गा प्रयोग सम्बन्धमा अब स्पष्ट कानूनी व्यवस्था हुने भएको छ। 

हिन्दु राष्ट्र पुनर्स्थापनाको माग गर्दै राप्रपाद्वारा आन्दोलन घोषणा

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) हिन्दु राष्ट्र पुनर्स्थापनाको माग गर्दै आन्दोलन घोषणा गरेको छ। राप्रपा अध्यक्ष कमल थापाको अध्यक्षतामा शनिबार बसेको बैठकले चैत १५ गतेबाट सुरु हुने गरी पहिलो चरणको आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ। 

मुलुकको आर्थिक विकासमा युवालाई अगाडि सार्नुपर्छ : नेता महत

नेपाली कांग्रेसका नेता डा. रामशरण महतले मुलुकको आर्थिक विकासका लागि युवा शक्तिको परिचालन गर्नुपर्नेमा जोड दिएका छन्।

होलीमा यसरी रंगिए निधि

सदभाव, एकतार र भाइचाराको पर्व मानिन्छ होली। असत्यमाथि सत्यको विजयको उत्सवको रुपमासमेत होली मनाइँदै आएको धार्मिक मान्यता छ।

नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा 

नेपाली राष्ट्रिय महिला पुटबल टोली समूह विजेता बन्दै विराटनगरमा जारी पाँचौ साफ महिला च्यामिपयनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ। शनिबार भएको खेलमा बंगलादेशलाई ३-० गोल अन्तरले पराजित गर्दै नेपाल समूह विजेताको रुपमा सेमफाइनल प्रवेश गरेको हो। 

बीच बाटोमै भेटियो युवकको शव

कैलालीको गोदावरी नगरपालिका– ४ पूर्व पश्चिम महेन्द्र राजमार्ग छेउ खैराना पुल नजिकै खैराना गाउँ जाने बाटोमा एक युवकको हत्या गरिएको अवस्थामा आज विहान शब फेला परेको छ।

न्युजिल्याण्ड घटनाका मुख्‍य आरोपी अदालतमा

शुक्रबार न्युजिल्याण्डको क्राइस्ट चर्च स्थित मस्जिदमा ४९ जनाको ज्यान जाने गरी भएको आक्रमणको मुख्य आरोपी ब्रेन्टन ट्यारेन्टलाई अदालतमा उपस्थित गराइएको छ। २८ वर्षीय अष्ट्रेलियन नागरिक ब्रेन्टनलाई हत्या आरोपमा शनिबार अदालतमा उपस्थित गराइएको हो। घटना लगत्तै प्रहरीले ४ जनालाई पक्राउ गरेको थियो। पक्राउ परेका मध्ये एकजनालाई भने प्रहरीले रिहा गरेको छ।

देउवाकाे गुनासो : रामचन्द्रले मलाई टेर्न छोडे 

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले रामचन्द्रलाई सभापति बन्ने इच्छा भएका कारण आफूलाई टेर्न छोडेको गुनासो गरेका छन्। 

न्युजिल्याण्डलाई ओलीको पत्र : आतंकवाद परास्त गर्न विश्व नै एक हुनुपर्छ

प्रधानमन्त्री केपी शर्मा ओलीले न्यूजिल्याण्डमा शुक्रबार भएको आक्रमणको निन्दा गरेका छन्। न्यूजिल्याण्डकी समकक्षी जेसिन्डा आर्डनलाई एक सन्देश पठाउँदै प्रधानमन्त्री ओलीले आक्रमणको निन्दा गरेका हुन्। घटनामा ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली तथा मृतकका परिवारलाई समवेदना प्रकट गर्दै ओलीले घाइतेहरुको सिघ्र स्वास्थ्य लाभकोसमेत कामना गरेका छन्।

के दाहालमाथि सुरक्षा थ्रेट बढेकै हाे त ?

पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले आफूलाई नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको समूहले मार्न खोजेको बताएपछि गृहले उनको सुरक्षार्थ ५९ सुरक्षकर्मी परिचालन गरेको छ।

धुर्मुस–सुन्तलीलाई खुलापत्र : छाड्नुस् रंगशालाको चक्कर 

धुर्मुसजी, सुन्तलीजी, फागुपूर्णिमाको अग्रिम शुभकामना !
म तपाईंहरूको ‘डाइहार्ट फ्यान’ हुँ। कलाकार सन्तोष पन्त र हरिवंश आचार्यपछि धेरै चरित्रको जीवन्त अभिनय गर्ने नेपाली कलाकार तपाईंहरू नै हो। तपाईंहरूको कलाकौशल, देशभक्ति र मिलनसार स्वभावलाई म सलाम गर्छु। आजसम्म तपाईंहरूसँग मेरो खासै चिनजानसमेत भएको छैन। हो, एक पटक रिपोर्टर्स क्लबको कार्यक्रममा सायद जितु नेपालले सामान्य परिचय गराइदिएको सम्झन्छु, तर त्यसपछि हाम्रो प्रत्यक्ष सम्पर्क हुन पाएन।

हेटौंडामा ४१ हजार कुखुरा नष्ट गरिँदै

कुखुरापालन व्यवसायमा करिब पाँच अर्ब रुपैयाँ बराबरको लगानी भएको मकवानपुरमा वर्डफ्लु देखा परेपछि संक्रमित क्षेत्रमा कुखुरा नष्ट गर्न थालिएको छ। हेटौंडा नगरपालिका वडा नम्बर ७ मा कुल प्रसाद चौलागाईंको लेयर्स कुखुरा फार्मको कुखुरा वर्डफ्लुको कारण मरेको पुष्टी भएपछि जिल्ला प्रशासनले विहीबार नै प्रभावित क्षेत्रको सीमांकन गरेर ४८ वटा फार्मको कुखुरा नष्ट गर्ने निर्णय गरेको हो।

न्याम्समा उपकुलपति नियुक्त, गलत संस्कार ताेड्न ओलीकाे निर्देशन

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) को उपकुलपतिमा प्रा डा देवनारायण साह नियुक्त  भएका छन्। प्रा. डा. साहलाई उपप्रधान तथा स्वास्थ्यमन्त्री एवं न्याम्सका सहकुलपति उपेन्द्र यादवको सिफारिसमा प्रधानमन्त्री केपी शर्मा ओलीले नियुक्त गरेका हुन्।

प्रधानमन्त्री कार्यालय भ्रष्टाचारकाे थलाे : निधि

नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले वर्तमान सरकार भ्रष्टाचारमा लिप्त रहेको आरोप लगाएका छन्। सम्बन्धित निकायलाई अधिकारविहीन बनाएर अर्बौंको कार्यक्रम बालुवाटारमा सीमित गर्नु भ्रष्टाचार गर्ने प्रपञ्च रहेको निधिले बताए।

बर्डफ्लु देखिएपछि उच्च सतर्कता

छिमेकी जिल्ला मकवानपुरमा कुखुरामा बर्डफ्लु देखिएपछि चितवनमा उच्च सतर्कता अपनाइएको छ। पोल्ट्रीको राजधानी मानिने यस जिल्लामा भित्रने नाकाहरुमा पंक्षी जन्य वस्तु आयातमा कडाइ गरिएको छ भने कृषकलाई जैविक सुरक्षामा ध्यान दिन अनुरोध गरिएको छ।

ज्यान बनाउन निःशुल्क जिमखाना

सप्तलक्ष्मी लवजु बिहान ४ बजे उठ्छिन् । कमलपोखरीमा एक राउन्ड मार्निङ वाक लगाउँछिन् । त्यसपछि उनी सिधैँ पोखरी नजिकैको गणेश मन्दिरको भजन मण्डलीमा सामेल हुन्छिन्। एकछिन भगवान्को भक्तिमा लिन भएपछि उनलाई ज्यान बनाउने जाँगर चल्छ ।

‘भिखारीले ४५ मिनेट कविता सुनाएर ३० हजार पाए’

प्रति टिकटको मूल्य १ सय रुपैयाँ। बिक्री भएका टिकट संख्या ४५१।  उठेको रकम ४५ हजार १ सय।  यो आर्थिक गणित सुन्दा कुनै  एकल साङ्गीतिक साँझ वा कुनै मझौला कन्सर्ट जस्तो लाग्न सक्छ। तर, यो आँकडा हो शुक्रबार सम्पन्न इटहरीका कवि बद्री भिखारीको एकल कविता वाचनको। 

'सपनाको दाहसंस्कार'

भट्टिमा पाक्दा-पाक्दा
खैरो माटो 
रातो ईटा बने झै !

कला संस्कृतिमाथि राजनीतिक हस्तक्षेप : अध्यक्ष थापा

नेपाल सांस्कृतिक संघ नेपाली कांग्रेसको शुभेच्छुक संस्था हो। २०७३ माघ २८ गते कांठमाडौंमा भएको महाधिवेशनबाट संघको अध्यक्षमा सर्वसहमत रुपमा तीर्थ थापा निर्वाचित भएका थिए। अधिवेशन भएको दुई वर्ष बितिसक्दासमेत सांस्कृतिक संघको कार्यसमितिले पूर्णता पाउन सकेको छैन।

बलिउडमा चम्किँदै जनकपुरका प्रवेश

उनी चाहेको भए चिकित्सा विज्ञान पढेर राम्रो डाक्टर बत्र सक्दथे। सानै उमेरदेखि पढाई लेखाइमा अब्बल रहेका उनले प्रवीणता प्रमाणपत्र उतीर्ण गरिसकेपछि डाक्टर पढ्ने अवसर नपाएका पनि होइनन्। तर, संगीतप्रतिको लगाव र रुचिले उनलाई डाक्टर बत्र दिएन। त्यही रुचिका कारण अहिले उनी बलिवुडमा चम्कि रहेका छन्।

दुबइमा नेपथ्यसँगै जागेको उल्लास, भावुकता र नेपालीपन

शुक्रबार बेलुकी दुबइमा कन्सर्ट सकिने बित्तिकै नेपथ्यका अगुवा एवं मुख्य गायक अमृत गुरुङले सामाजिक सञ्जालमा एउटा भिडियो हाल्दै लेखेका थिए– ‘सबैभन्दा पहिले हामी..., धन्यवाद दुबइ, माया र साथको लागि।’

साताको शेयर : एक अर्ब ९३ करोड कारोवार

धितोपत्र बजारमा यस साता कूल १७६ कम्पनीको ६४ लाख ४३ हजार ३८० कित्ता शेयर एक अर्ब ९३ करोड ८५ लाख ९४ हजार ८८५ मूल्यमा खरीद बिक्री भएका छन्। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।