शुक्रबार, साउन १५, २०८३

स्वदेश फर्कियो नेपाली राष्ट्रिय क्रिकेट टिम

 |  शुक्रबार, साउन १५, २०८३

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन १५, २०८३

काठमाडौं। आईसीसी क्रिकेट विश्वकप लिग- २ अन्तर्गत नेदरल्यान्ड्समा भएको सिरिज खेलेर नेपाली क्रिकेट टिम स्वदेश फर्किएको छ।

शुक्रबार साँझ काठमाडौं फर्किएको नेपाली टिमले  आशा गरे अनुसार प्रदर्शन गर्न नसके पछि निराश देखिएका थिए। राष्ट्रिय टिमका कप्तान रोहित पौडेलले ब्याटिङ र फिल्डिङ सोचे जस्तो नभएको बताएका थिए।

उनले भने, ‘हामीले ब्याटिङमा आवश्यक आक्रामकता देखाउन सकेनौँ। फिल्डिङ पनि हाम्रो स्तरअनुसार भएन। महत्वपूर्ण क्याच छुटाउँदा त्यसको प्रत्यक्ष असर खेलको नतिजामा पर्यो।'

कप्तान पौडेलले अब ओमानमा हुने अन्तिम सिरिजमा राम्रो प्रदर्शन गर्दै एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) मान्यता जोगाउनु नै टोलीको प्रमुख लक्ष्य रहेको बताए। उनले अन्तर्राष्ट्रिय क्रिकेटमा हरेक चुनौती स्वीकार गर्नुपर्ने उल्लेख गर्दै मानसिक रूपमा अझ बलियो बनेर कमजोरी सुधार गर्नुपर्ने आवश्यकता औँल्याए।

नेपालले यस सिरिजका चारै खेलमा हार बेहोरेपछि एक दिवसीय मान्यतानै संकटमा परेको छ। अब नेपालले आगामी अक्टोबरमा ओमानमा लिग-२ को अन्तिम सिरिज खेल्ने तालिका छ।

प्रकाशित: Jul 31, 2026| 19:52 शुक्रबार, साउन १५, २०८३
प्रतिक्रिया दिनुहोस्