शुक्रबार, साउन १५, २०८३

कुवेतमा भएको ड्रोन आक्रमणमा परी एक नेपालीको मृत्यु

 |  शुक्रबार, साउन १५, २०८३

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन १५, २०८३

काठमाडौं- कुवेतको उत्तरी क्षेत्रमा भएको ड्रोन आक्रमणमा परी एक नेपाली नागरिकको मृत्यु भएको छ। कुवेतस्थित नेपाली राजदूतावासका अनुसार उक्त आक्रमणमा सवारी चालकको रूपमा कार्यरत तेह्रथुम जिल्लाका ४४ वर्षीय सोमकुमार तामाङको निधन भएको हो।

सन् २०२६ जुलाई ३० (२०८३ साउन १४ गते) मा भएको उक्त घटनाबारे कुवेतको परराष्ट्र मन्त्रालयले नेपाली दूतावासलाई आधिकारिक जानकारी गराएको थियो।

नेपाली राजदूतावासले मृतक तामाङको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको छ।

दूतावासले स्व. तामाङको पार्थिव शरीरलाई यथाशीघ्र नेपाल पठाउनका लागि सम्बन्धित निकायहरूसँग आवश्यक समन्वय र सहकार्य भइरहेको जानकारी दिएको छ।

प्रकाशित: Jul 31, 2026| 11:07 शुक्रबार, साउन १५, २०८३
प्रतिक्रिया दिनुहोस्