आइतबार, साउन १७, २०८३

सम्पूर्ण अपडेट- आज के-के भयो ?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- आज फागुन २४ गते शुक्रबार कहाँ के-के भयो? अब थाहा पाउनुहोस्, नेपाल समय दिनभरी।
सीके राउत मुलधारको राजनीतिमा आउनु सकारात्मक : विमलेन्द्र

जनकपुरधाम - नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले स्वतन्त्र मधेश गठबन्धनका संयोजक सीके राउत मुलधारको राजनीतिमा आउनु सकारात्मक रहेको प्रतिक्रिया दिएका छन्।
जनकपुरमा रहेका उपसभापति निधिले नेपाल समयसँग कुरा गर्दै भने,‘राउतले यदि छुट्टै देश बनाउने र विखण्डनको विचार तथा अभियान त्यागेको हो भने सकारात्मक र स्वागतयोग्य कदम हुनेछ।’ नेपालको अखण्डता र अहिंसात्मक गतिविधि गर्ने प्रतिवद्धता जनाइएको छ भने यसलाई सकारात्मक कदम मात्रु पर्दछ उनले बताए।

सरकार र राउतबीचको सहमतिमा कांग्रेसको प्रश्न

काठमाडौं – नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सिके राउत र सरकारबीच भएको सहमतिका केही बुँदामा प्रश्न उठाएका छन्। प्रवक्ता शर्माले ट्वीट गर्दै जनअभिमतमा आधारित लोकतान्त्रिक विधिको ब्याख्याको विवाद तत्काल हल गर्न सरकारलाई आग्रह गरेका छन्।

बेपत्ता भएकी सांसद मल्ल दुई घण्टापछि प्रहरीको सम्पर्कमा 

काठमाडौं – बझाङकी प्रदेश सभा सांसद देवकी मल्ल दुईघण्टापछि प्रहरीको सम्पर्कमा आएकी छन्। शुक्रबार दिउँसो बझाङको केदारसिंह गाँउपालिकामा एक कार्यक्रममा सहभागी हुन हिडेकी सांसद मल्ल एकाएक सम्कर्क विहिन बनेकी थिइन्।

माइती नेपालमा महिला दिवस

काठमाडौं - 'लैंगिक समानताका लागि समान सोच र विचार : सम्वृद्धिको आधार’राष्ट्रिय नारा सहित माइती नेपालले १०९ औं अन्तराष्ट्रिय महिला दिवस मनाएको छ। 

राउतको अवतरणमा ओली रणनीति

गैर–बहुलवादी हिंसात्मक राजनीतिको आडमा सत्ता राजनीतिको केन्द्रमा पुग्‍ने छोटो बाटो नेपालका लागि नौलो होइन। यसको पछिल्लो कडीका रुपमा हिजो फागुन २३ गते बिहीबारको दिन ३ वटा घटना अप्रत्याशित रुपमा एकैसाथ भएका छन् वा गराइएका छन्। पहिलो, सर्वोच्च अदालतको आदेशमा एकातिर तराई–मधेसलाई स्वतन्त्र राज्य बनाउने योजनाका नेता सिके राउत रिहा गरिए। दोस्रो, कैलाली जिल्लाको टिकापुरमा भएको जघन्य हिंसात्मक घटनामा आरोपित रेशम चौधरीलाई अदालतले आजीवन कारावासको सजाय सुनायो। तेस्रो, विप्लवका नामबाट चिनिने पूर्वमाओवादी नेता नेत्रविक्रम चन्दको गृहजिल्ला कपिलवस्तुमा छापा मारेर पुलिसले हतियार बरामद गर्‍यो र एक जना खुट्टामा गोली लागेर घाइते भए।  

ओलीले भने : विप्लव लुटेरा समूह हो

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले विप्लव नेतृत्वको नेकपालाई लुटाहाको संज्ञा दिँदै नेकपा नाम झिकेर लुटेरा समूहको नाम राख्न चेतावनी दिएका छन्। 

विखण्डनकारी मानसिकता र प्रवृत्ति जन्माउने आधार अन्त हुनुपर्छ : कमल थापा

काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले विखण्डनकारी मानसिकता र प्रवृत्ति जन्माउने आधार अन्त नभएसम्म एक समूहको निर्णयको अर्थ नरहने बताएका छन्। शुक्रबार सरकार र स्वतचन्त्र मधेशको माग राख्दै आएका सिके राउतबीच भएको ११ बुँदे सहमतिपछि सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै थापाले त्यस्तो मानसिकता जन्माउने आधार अन्त हुनुपर्ने बताएका हुन्। 

सिके राउतले बाटो बिराएनन् : ओली

काठमाडौं – प्रधामन्त्री केपी शर्मा ओलीले सिके राउतले बाटो नबिराई राष्ट्रिय एकता र अखण्डताका पक्षमा उभिएर असाधारण निर्णय क्षमता देखाएको बताएका छन् । सिके राउत र सरकारबीच शुक्रबार भएको सहमति घोषणा सभामा सम्बोधन गर्दै ओलीले भने, ‘सिके राउतमा असाधारण निर्णय क्षमता देखेँ। राष्ट्रिय एकता, जाति, धर्म र समुदाय नलडाउने, समृद्धिमा अगाडि बढ्ने उहाँको निर्णय असाधारण छ ।’

मुलुक दुर्घटनामा फस्ने खतरा छ : कमल थापा

सुर्खेत – राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा) का अध्यक्ष कमल थापाले सरकारले हिन्दु राष्ट्रको माग सम्बोधन गर्न नसके मुलुक अर्को ठूलो दुर्घटनामा फस्न सक्ने खतरा रहेको बताएका छन्। राप्रपाले थालेको मेची–महाकाली राष्ट्रिय स्वाभिमान यात्रा अन्तरगत सुर्खेत आइपुगेका थापाले सञ्चारकर्मीसँग यस्तो बताएका हुन्। ‘हिन्दु धर्मको मागलाई राज्यले समयमै सम्बोध गर्न सकेन भने मुलुक दुर्घटमा फस्न सक्छ।’ थापाले भने, ‘८० प्रतिशत नागरिकका माग बोकेर राप्रपाले मेची–महाकाली अभियान थालेको हो।’ 

सरकार र राउतबीच भएको सहमतिका ११ बुँदा यी हुन्

काठमाडौं - सरकार र तराई मधेसलाई नेपालबाट अलग गराउनुपर्छ भन्ने माग राख्दै आएका सिके राउतबीच शुक्रबार ११ बुँदे सहमति भएको छ। प्रधानमन्त्री एवम् नेकपा केपी शर्मा ओली, नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल, मन्त्रीहरुलगायतको उपस्थितिमा राष्ट्रियसभा गृहमा आयोजित घोषणा सभामा सहमतिपत्रमा सरकारका तर्फबाट गृहमन्त्री रामबहादुर थापा र सिके राउतले हस्ताक्षर गरेका छन्।

हामी बुद्धका सन्तान, हाम्रो रगतमा अहिंसा छ : सिके राउत

काठमाडौं- तराई मधेसलाई नेपालबाट अलग गराउनुपर्छ भन्ने माग राख्दै आएका सिके राउतले हामी सबै नेपाली बुद्धका सन्तान भएकाले सबैको रगतमा अहिंसा रहेको बताएका छन्। सरकार र राउन पक्षबीच शुक्रबार भएको ११ बुँदे सहमति घोषणा सभामा सम्बोधन गर्दै राउतले भने, ‘हामी बुद्धका सन्तान हो। अहिंसा हाम्रो रगतमा बसेको छ। कसैले सिकाउनै पर्दैन। तराई पहाड जहाँ पनि अहिंसा हुनुपर्छ । बुद्ध र गान्धीको आदर्शबाट हामी अगाडि बढेका छौँ।’

सिडिओलाई चुनौती दिँदै प्रदेश सरकार

जनकपुरधाम - संघीय सरकारले प्रमुख जिल्ला अधिकारीलाई आफू मातहत राख्ने तयारी गरिरहेको बेला प्रदेश २ सरकारले छुट्टै प्रशासनिक अधिकारी राख्न लागेको छ।

को हुन् सिके राउत?

जनकपुरधाम - अलग मधेस देशको अभियान चलाउँदै आएका स्वतन्त्र मधेस गठबन्धनका संयोजक अखण्ड नेपालका पक्षमा उभिएका छन्। बिहीबार सर्वोच्च अदालतको आदेशपछि रिहा भएका राउत अलग मधेस राष्ट्रको अभियान छोड्दै अखण्ड नेपालका पक्षमा आएका हुन्।

कसले गर्‍याे सैनिक जवानको हत्या ? चार दिनदेखि शव अस्पतालमै

धनगढी- नेपाली सेना दिवसको दिन ब्यारेकभित्रै मृत भेटिएका कञ्चनपुरको २५ नम्बर बाहिनी भगतपुरमा कार्यरत नेपाली सेनाका जवान २३ वर्षीय वीरबहादुर खड्काको हत्या भएको आरोप परिवारले लगाएको छ।

आर्थिक समृद्घिका लागि साना उद्योगको ठूलो योगदान

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले १५ औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव- २०७५ को शुक्रबार राजधानीमा उद्घाटन गरेकी छिन्।
नेपाल घरेलु तथा साना उद्योग महासंघले राजधानीको प्रदर्शनी मार्गस्थित भृकुटीमण्डपमा आयोजनामा गरेको घरेलु उद्योग महोत्सव २०७५ को उद्घाटन समारोहमा बोल्दै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले लघु, घरेलु तथा साना उद्योगहरूले मुलुकको आर्थिक समृद्घिका लागि ठूलो योगदान पुर्याएको बताए।

अदालतले विघटन गरिदियो सिनावात्राको पार्टी 

बैंकक- थाइल्याण्डको राजनीतिमा ठूलो प्रभाव रहेको सिनावात्रा परिवारको पार्टीलाई अदालतले विघटन गरिदिएको छ । देशका पुर्वप्रधानमन्त्रीद्वय थाक्सिन सिनावात्रा र यीङ्लक सिनावात्राको थाई रक्षा चार्ट नामक पार्टीलाई अदालतले बिहीबार विघटन गरिदिएको अधिकारीहरुले बताएका छन् । 

गाईघाट-रौता केबलकार बनाउन डिपिआर शुरु

गाईघाट- उदयपुर जिल्लाको मध्यपहाडी क्षेत्रको पवित्र धार्मिकस्थल रौता क्षेत्रलाई पर्यटन गन्तव्यका रुपमा विकास गर्नका लागि जिल्लाको सदरमुकाम गाईघाट, बेलदोभान हुँदै रौतासम्म केबलकार सञ्चालनका लागि सर्वे कार्य सम्पन्न भएर अब विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) तयार कार्य शुरु भएको छ । 

मुख्यमन्त्री भन्छन्- 'कसैले चाहदैमा मैथिली सकिदैन'

जनकपुरधाम- प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले लामो इतिहास बोकेको मैथिली भाषालाई कसैले समाप्त पार्न नसक्ने स्पष्ट पारेका छन् । हजारौं वर्ष पुरानो इतिहास रहेको मैथिली भाषालाई ओझेलमा पार्ने कसैले सोच्नपनि नहुने उनको भनाइ छ ।

आज नारी दिवस : कसले शुभकामनामा के भने ? 

काठमाडौं- आज १०९ औं अन्तर्राष्ट्रिय नारी दिवस । लैङ्गिक समानताका लागि समान सोंच र व्यवहार  समृद्धिको आधार’ भन्ने नारासहित नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईदैछ ।काठमाडौं उपत्यका लगायत देशका अधिकांश ठाउँमा विविध कार्यक्रम गरिएको छ । विभिन्न ठाउँमा सचेतना र्याली निकालिएको छ । दिवसका अवसरमा राष्ट्रप्रमुख, सरकार प्रमुख र राजनीतिक दलका शीर्ष नेताले शुभकामना दिएका छन् ।

अनुराधा भन्छिन्- 'नारी भन्दा पहिले हामी मान्छे बनौं'

धबार पौनै दुई बजेतिर माइती नेपालको गेटभित्र पस्दा अनुराधा दिदी ग्राउन्डमै थिइन् । माइती नेपाल परिवारसँग उनी भलाकुसारी गर्दै थिइन् । बेलाबेलामा उनी त्यहाँ रहेका बालबालिकालाई जिस्काउँदै मायाले बोलाउँथिन् । उनको बोली र व्यवहार यति साधारण र मायालु थियो कि लाग्थ्यो न उनी माइती नेपालको अध्यक्ष हुन् न त प्रदेश प्रमुख । उनको हाउभाउले माइती नेपालको एउटा सामान्य स्वयंसेवक वा आमाको झल्को दिइरहेको थियो । 

मेस्सी राष्ट्रिय टोलीमा फर्किए

एजेन्सी- अर्जेन्टिनी राष्ट्रिय टोलीका कप्तान समेत रहेको सुपर स्टार खेलाडी लियोनल मेस्सी आफ्नो राष्ट्रिय टोलीमा फर्किएका छन् । रुस विश्वकप २०१८ पछि लगातार राष्ट्रिय टोली बाहिर रहँदै आएका मेस्सी ९ महिनापछि पुनः टोलीमा फर्किएका हुन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।