मन्त्रिपरिषद् बैठकले पुल्चोकमा रहेको मन्त्री निवास भैंसेपाटीमा र राजकीय अतिथि भवन पुल्चोकमा बनाउने निर्णय गरेको छ। सरकारले राष्ट्रियसभा अध्यक्ष, प्रदेश प्रमुख, मुख्यमन्त्री र मन्त्रीहरुका लागि ललितपुरको भैंसेपाटीस्थित सैबु आवास क्षेत्रमा निवास बनाउने निर्णय गरेको छ।
लामो समय प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई साथ दिएका नेकपाका नेता वामदेव गौतमले संस्थापन पक्ष छाडेका छन्। ओलीले आफूलाई दिएका वचन पुरा नगरेको भन्दै गौतमले ओली समूह छाडेको घोषणा गरेका हुन्।
भ्रष्टाचार मुद्दामा विशेष अदालतले भ्रष्टाचारी ठहर गरेका पूर्व प्रहरी महानिरीक्षक मोतीलाल बोहरालार्इ सर्वोच्च अदालतले सफार्इ दिएको छ। सर्वोच्चले विशेष अदालतको फैसला उल्ट्याउँदै सर्वोच्चले बिहीबार सफार्इ दिएको हो।
निर्मला पन्तको लागि न्याय माग्दै राष्ट्रपति भवन शितल निवास अगाडि प्रदर्शन भएको छ । निर्मलालार्इ न्याय देउ अभियान चलाइरहेका युवाहरुले बिहीबार राष्ट्रपति कार्यालय अघि प्रदर्शन गरेका हुन् । प्रदर्शनका क्रममा उनीहरुले ‘म निर्मला’लेखिएको पट्टी आँखामा बाँधेका थिए।
कञ्चनपुरका १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या आरोपमा पक्राउ परेका एक युवकसँग नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) मै पुगेर बयान लिएका छन् । निर्मला हत्या आरोपमा सिआइबीले २२ वर्षीय प्रदीप रावललाई बुधबार दिउँसो काठमाडौंबाट पक्राउ गरेको थियो।
राजधानीको पाशुपत क्षेत्रमा हिजो साँझ श्रद्धालुहरूले आफ्ना पितृको सम्झनामा महादीप बालेका छन् । रातभर जाग्राम बसेका भक्तजनले खैंजेडी बजाएर भजन गाएका थिए, कतिपय भने गीत संगीतमा रमाए ।
केपी शर्मा ओली प्रधानमन्त्री भएपछिको विगत नौ महिना अवधिमा विभिन्न कम्पनी तथा उद्योगबाट करिब छ अर्ब रुपैयाँ राजस्व छली भएको तथ्य बाहिर आएको छ। विभिन्न कम्पनी, उद्योग, फर्मलगायतले बिगो जरिबाना, ब्याज नतिर्दा यति ठूलो परिमाणमा राजस्व छली भएको राजस्व अनुसन्धान विभागले जनाएको छ।
प्रधानमन्त्री केपीशर्मा ओलीले नेपालमा बुद्धिजिवीहरुले जथाभावि बोल्ने गरेको भन्दै आक्रोश पोखेका छन् । नेपाल टेलिभजनबाट प्रशारण हुने जनतासँग प्रधानमन्त्री कार्यक्रममा बोल्दै उनले सरकारका विषयमा बुझ्दै नबुझि जथाभावी बोल्ने गरेको भन्दै आक्रोश ब्यक्त गरेका हुन् ।
हुकिङ गरी विद्युत् चुहावट नियन्त्रण गर्न छडकेमा सिरहा नगरपालिका-१३ स्थित गम्हरीया फूलबरीया पुगेको विद्युत् प्राधिकरण वितरण केन्द्र सिरहाका दुई कर्मचारीमाथि स्थानीयवासीले कुटपिट गरेका छन्।
वीरगन्ज नगर क्षेत्रलाई सन् २०१९ को प्रारम्भदेखि हर्न निषेधित क्षेत्र घोषणा गरिने भएको छ। ध्वनी प्रदुषण नियन्त्रणका लागी हर्न निषेधित क्षेत्र घोषणा गर्न लागिएको नगर प्रमुख विजयकुमार सरावगीले जानकारी दिए।
जनकपुरस्थित जनक हजारी विद्यापीठको जग्गा किर्ते गरेको आरोपमा पक्राउ परेका रत्नसागर मन्दिरका महन्त वैकुण्ठ तिवारी भन्ने बैकुण्ठ दास वैष्णवलाई प्रहरीले सार्वजनिक गरेको छ। बुधबार काठमाण्डौंको बागबजारस्थित एक होटलबाट पक्राउ परेका महन्त दासलाई जिल्ला प्रहरी कार्यालय धनुषाले विहिबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको हो।
२६ मंसिरमा जनकपुरमा मनाइने रामजानकी विवाहोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ। सप्ताहव्यापी कार्यक्रमका साथ मनाइन लागेको रामजानकी विवाहोत्सव शुक्रबारबाट सुरु हुँदैछ। विवाहोत्सव कार्यक्रमको पहिलो दिन शुक्रबार जनकपुर नगर दर्शन कार्यक्रम रहेको जानकी मन्दिरका छोटे महन्त रामरोशन दासले जानकारी दिए।
जनकपुरमा एक आमाले आफ्नै छोरीको हत्या गरेको आरोप लागेको छ। जनकपुरधाम उपमहानगरपालिका–२४ सोनापडा बस्ने ४० वर्षीया राजकुमारी मण्डलले आफ्नै १६ वर्षीया छोरी सोनी मण्डलको हत्या गरेको आरोप लागेको छ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले सरकारले तोकेको श्रमिकको न्यूनतम पारिश्रमिक नदिने संस्थालाई कारबाही गरिने बताएका छन्। एनआई-एप्रो नेपाल लियाजन काउन्सिलको पाँचौँ राष्ट्रिय सम्मेलनको उद्घाटन गर्र्दै उनले श्रमिकले न्यूनतम वेतन र सामाजिक सुरक्षा पाउने वातावरण सिर्जना गर्न सरकार केन्द्रित हुने बताए।
सरकारले अनुदान सहित रासायनिक मल वितरणको व्यवस्था गरेपनि किसानले सहजरुपमा मल पाउन सकेका छैनन्। मल वितरण प्रभावकारी हुन नसक्दा किसानले अवैधरुपमा भित्र्याइएको भारतीय रासायनिक मल प्रयोग गर्न र अनुदानकै मल समेत महँगो मूल्यमा खरिद गर्नुपर्ने बाध्यता छ।
राष्ट्रिय प्रजातन्त्र पार्टीको भातृ संगठन पूर्व प्रहरी परिषदको केन्द्रीय कार्य समितिको नियमित बैठक आज पार्टी केन्द्रीय कार्यालयमा सम्पन्न भएको छ। परिषदका केन्द्रीय अध्यक्ष हरिहर श्रेष्ठको अध्यक्षतामा सम्पन्न बैठकले एउटा संस्थाले अयोजना गरेको एशिया प्यासिफिक समिटमा सरकारको संलग्नता, सहयोग र सक्रियताप्रति पूर्व प्रहरी परिषद्को ध्यानाकषर्ण भएको छ।
फिल्म ‘गीत गजल’को छायाँकन अन्तिम चरणमा पुगेको छ। आरोहण प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्मको छायाँकन ३५ दिनमा सकिएको निर्माण युनिटले जनाएको छ। निर्देशक नितिन चंन्दले अब फिल्मको एक गीतको छायाँकन मात्र बाँकी रहेको जानकारी दिएका छन्। गीत गजल’बाट नेपाली सिनेमा क्षेत्रमा रुप पोखरेल र आरोही सिहंले डेब्यु गर्दैछन्।
बलिउडकी हट नायिका सन्नी लियोनको इन्ट्री नेपाली फिल्म इन्डस्ट्रिजमा भएको छ। उनको इन्ट्री नेपाली फिल्म ‘पासवर्ड’ को आइटम गीतमा नृत्य गरेर भएको हो। चलचित्र निर्माण पक्षले सन्नीले अभिनय गरेको ‘सन्नी हो नाम मेरो’ बोलको गीतका केही तस्बिर सार्वजनिक गर्दै उत्तः कुराको जानकारी दिएको हो।
आगामी शनिबारबाट सुरु हुने तेस्रो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपीएल) टी-२० क्रिकेट पहिलेको संस्करण भन्दा केहि फरक छ। फरक विदेशी खेलाडी र विदेशी प्रशिक्षक अनुबन्धितले मात्र नभई खेलकै आर्कसक मानिने चियर लिडर्सले पनि यस बर्षको इपिएल फरक छ।
हुवावेको उपप्रमुख तथा वित्त प्रमुख मङ वान्जु क्यानडामा पक्राउमा परेकी छन्। उनी हुवावे कम्पनीको संस्थापक रेन जेनफीकी छोरी हुन्। उनी गत डिसेम्बर १ मै पक्राउ परेको क्यानेडा न्याय मन्त्रालयले जानकारी दिएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...