इपीएल : कुन टोलीमा कस्ता विदेशी खेलाडी ? 

/assets/plugins/bower_components/fileman/Uploads/post_images/December/EPL.jpg

काठमाडौं- आगामी शनिबारबाट सुरु हुने तेस्रो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपीएल) टी-२० क्रिकेट पहिलेको संस्करण भन्दा केहि फरक छ । फरक विदेशी खेलाडी र विदेशी प्रशिक्षक अनुबन्धितले मात्र नभई खेलकै आर्कसक मानिने चियर लिडर्सले पनि यस बर्षको इपिएल फरक छ । 

प्रत्यक खेलका छक्का, चौका, क्याच, स्टेम्पिङ, रनआउट तथा रन जोड्दा मनोरञ्जन दिने विदेशी चियर लिडर्स राखेको छ । ६ जना विदेशी चियर लिडर्सलाई लण्डनबाट इपिएलकै लागि नेपाल ल्याएको छ । यस मानेले पनि यस बर्षको इपिएल दर्शक र समग्रह नेपाली खेल क्षेत्रका लागि एक नयाँ आयाम तथा छुट्टै स्वाद हुनेछ । 

प्रतियोगितामा प्रत्यक क्लबले तीन जना विदेशी खेलाडी राख्न पाउने प्रावधान भएकाले यस संस्करणका लागि प्रत्यक टिमले आफ्नो क्लबका लागि मोटो रकम खर्च गरेर विदेशी खेलाडी भित्र्याएका छन् । हेरौ प्रतियोगिताका विभिन्न छ टोलीले अनुबन्धन गरेका विदेशी खेलाडीहरु कस्ता छन् त ।  

चितवन टाइगर्स


इंग्ल्यान्डका क्रिकेटर जोहन सिम्पसन र आयरल्याण्डका विकेट किपर पाउल स्टिलिर्ङ निकै नै अनुभवी खेलाडी हुन् । जोहन सिम्पसनले ९४ टी-२० अन्तर्राष्ट्रिय खेलिसकेका छन् । ३० बर्षीय सिम्पसन इंग्ल्यान्डको यू-१९ टोलीका पुर्व सदस्य हुन् ।

सिम्पसनले लंकाशायर र मिडलसेक्सबाट खेल्दै १४० फस्ट क्लास र ८४ लिष्ट ए क्रिकेट खेलेका छन् । त्यस्तै निकै अनुभवी खेलाडी स्टिलिर्ङलाई बंगलादेश प्रिमियर लिग खेलेको अनुभव रहेको छ । इंग्ल्यान्डको काउन्टी मिडलसेक्सबाट खेलिसकेका २८ बर्षिय स्टिलिर्ङ अलराउन्डर समेत हुन्  । तेश्रो विदेशी खेलाडीको रुपमा इंग्लिश खेलाडी ‘जर्ज स्कट’ लाई अनुबन्धित गरेको छ । २३ बर्षिय स्कट मिडलसेक्सका खेलाडी हुन । स्कट दाहिने हाते युवा ब्याट्सम्यान हुन् । 

ललितपुर प्याट्रीयोट्स


ललितपुरले यस संस्करणका लागि जय किशन कोल्शावाला, सन्नी पटेल र गौरब तोमारलाई अनुबन्ध गरेको छ । ज्ञानेन्द्र मल्ल मार्की प्लेयर रहेको ललितपुरले जय किशन र सन्नीको अनुबन्ध थप गरेको हो । दुवैले गत सिजन ललितपुरबाटै खेलेका थिए । 

गौरब भने पहिलो पटक ललितपुरबाट खेल्न लागेका हुन् । जय किशनले २ टी-२० र ४ लिष्ट ए क्रिकेट खेलिसकेका छन्  । सन्नीले ७ लिष्ट ए क्रिकेट खेल्दा गौरबले १ टी-२० अन्तर्राष्ट्रिय खेल खेलेका छन् । ललितपुरले तीन वटै खेलाडी भारतबाट अनुबन्धित गरेको हो । 

भैरहवा ग्लाडिएटर्स


नेदरल्याण्डका क्रिकेटर रायन टेन डोसेचले टिभिएस एभरेष्ट प्रिमियर लिग (इपीएल) टी-२० क्रिकेट भैरहवाबाट खेल्दै छन् । अलराउण्डर डोसेच टी-२० क्रिकेटका अनुभवी खेलाडी हुन् । 

डोसेचले इण्डियन प्रिमियर लिग (आईपीएल) मा कोलकाता नाइट राइडर्सबाट खेलिसकेका छन् । यस्तै डोसेचले बंगलादेश प्रिमियर लिग र पाकिस्तान सुपर लिग समेत खेलिसकेका छन् ।  यस्तै भैरहवाले युएईका मोहमद नाभी र भारतका रभी इन्दर सिंहलाई यस सिजन पनि क्लबमै राख्ने भएका छन् । दुबैले अघिल्लो सिजन भैरहवाबाट खेलेका थिए ।

विराटनगर वारीयर्स


विराटनगर वारीयर्सले विदेशी खेलाडीसँगै प्रशिक्षक पनि विदेशी अनुबन्धित गरेको छ । साबिकको विजेता समेत रहेको विराटनगरले नेदरल्याण्डका दुई र एक हङकङका खेलाडी अनुबन्ध गरेको छ ।

नेदरल्याण्डका राष्ट्रिय टोलीका सदस्य पाउल भान मीकेरन र रोएलोफ भान डेर मेर्वीलाई अनुबन्ध गरेको हो । यस्तै हङकङ राष्ट्रिय टोलीका बाबर हायात र भारतका स्मित पटेललाई समेत अनुबन्ध गरेको छ । यस्तै प्रशिक्षकमा विराटनगरले भारतका उमेस पटवाललाई नियुक्त गरेको छ । पटवाल नेपाली राष्ट्रिय क्रिकेट टोलीका कन्सल्ट्यान्ट कोच समेत हुन् । 

पोखराले राईनोज 

पोखराले हङकङका क्रिकेटर सन्नी भिमसरिया, दक्षिण अफ्रीकाका अन्तर्राष्ट्रिय क्रिकेटर रिचर्ड लेभी, स्कटल्याण्डका कप्तान काइल जेम्स कोट्जरलाई अनुबन्धन गरेको छ । सन्नी हङकङको राष्ट्रिय टिमका सदस्य हुन् । उनले हङकङको अन्डर १९ टोलीबाट सन् २०११ बाट खेलेका थिए । 

उनले हङकङको राष्ट्रिय टिमबाट सन् २०११ यता खेल्दै आएका छन् । त्यस्तै कप्तान तथा ब्याट्सम्यान कोट्जर निकै अनुभवी खेलाडी हुन् । कोट्जरले स्कटल्याण्डसँग ५० एकदिवसीय अन्तर्राष्ट्रि खेल खेलिसकेका छन् । 

अर्का खेलाडी लेभी इपीएल खेल्न आउने खेलाडीमध्ये सबै भन्दा ठुलो नाम हो । दक्षिण अफ्रीकाबाट टी-२० अन्तर्राष्ट्रिय खेलिसकेका लेभीले इन्डियन प्रिमियर लिग समेत खेलिसकेका छन् । इंग्ल्यान्डका पाउल कोलिङलाई पनि अनुबन्धन गरेको छ । यस्तै पोखराले मुख्य प्रशिक्षकमा अष्ट्रेलियाका नाथन डोडलाई नियुक्त गरिसकेको छ ।

काठमाडौं किंग्स एघार


केभिन ओ ब्रायन,  रोहन मुस्तफा र सिकेन्दर राजलाई विदेशि खेलाडीको रुपमा अनुबन्धन गरेको काठमाडौं किंग्स एघारले सिकेन्दर राजा भने गुमाएको छ । उनले यस सिजनको इपिएल नखेल्न भएका छन् । ईपीएलका लागि अनुबन्ध हुने पहिलो खेलाडी बनेका राजाले अन्तिम समयमा आएर नेपाल नआउने बताएका हुन् ।  

सिकेन्दर अल राउन्डर अफ्रिकन खेलाडी हुन् । उनले ८५ वानडे म्याच, १० टेस्ट म्याच र २० टि-२० इन्टरनेश्नल म्याच खेलेका छन् । त्यस्तै केभिन पनि अल राउन्डर खेलाडी हुन् । उनि आरल्याण्डका भरपर्दा खेलाडी हुन् ।




प्रतिक्रिया