२०१९ देखि वीरगन्जमा 'नो हर्न'

/assets/plugins/bower_components/fileman/Uploads/post_images/December/No_Horn_Birjung_1.jpg

वीरगन्ज- वीरगन्ज नगर क्षेत्रलाई सन् २०१९ को प्रारम्भदेखि हर्न निषेधित क्षेत्र घोषणा गरिने भएको छ। ध्वनी प्रदुषण नियन्त्रणका लागी हर्न निषेधित क्षेत्र घोषणा गर्न लागिएको  नगर प्रमुख विजयकुमार सरावगीले जानकारी दिए।

उनले महानगरले पर्यावरण संरक्षणको लागी प्लाष्टिकजन्य वस्तुको प्रयोग निषेधित क्षेत्र समेत घोषणा गर्ने जानकारी दिए ।  नगर कार्यपालिकाको बैठकले  आगामी  पुष १७ गते ९ १ जनवरी २०१९० देखि वीरगञ्ज नगर क्षेत्रलाई हर्न निषेधित क्षेत्र घोषणा गर्ने निर्णय गरेको हो।
 
 प्रमुख प्रशासकय अधिकृत डा। भीष्मकुमार भुसालले पेश गरेको वीरगन्ज नगरलाई हर्न निषेधित क्षेत्र घोषणा गर्ने  र पुनस् प्रयोगमा ल्याउन नसकिने  प्लाष्टिकजन्य उत्पादन प्रयोगमा रोक लगाउने  प्रस्तावलाई कार्यपालिकाको बैठकले सर्वसहमतीबाट पारित गरेको छ।

महानगरपालिकाको हर्न निषेधित क्षेत्र घोषणालाई सफल बनाउन जिल्ला ट्राफिक कार्यालय तथा स्थानीय संघसंस्थाहरुको समन्वयमा व्यापक जनचेतना कार्यक्रम शुरु गर्ने समेत भएको  छ।
 
प्लाष्टिकजन्य पदार्थबाट वीरगञ्ज महानगरक्षेत्रमा भएको प्रदुषणलाई मध्यनजर गर्दै आगामि १ जनवरीबाट  लागू हुने गरी प्लाष्टिकको ग्लास कप तथा प्लेटहरुको प्रयोग निषेध गर्ने निर्णय गरिएको प्रमुख प्रशासकिय अधिकृत भुसालको भनाइ थियो।
 



प्रतिक्रिया