शुक्रबार, साउन ८, २०८३

रास्वपाका सांसदहरूको स्वकीय सचिव नियुक्तिका लागि मापदण्ड

 |  शुक्रबार, साउन ८, २०८३

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन ८, २०८३

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सङ्घीय सांसदहरूको स्वकीय सचिव नियुक्ति तथा व्यवस्थापनसम्बन्धी आन्तरिक निर्देशन जारी गरेको छ।
     
राज्यकोषबाट प्राप्त हुने सुविधाको उच्चतम् सदुपयोगलाई सुनिश्चित गर्दै स्वकीय सचिव नियुक्ति प्रक्रियालाई पारदर्शी, मितव्ययी र जनउत्तरदायी बनाउन सो पार्टीले आफ्ना सांसदका लागि निर्देशन जारी गरेको हो।
     
सो पार्टीका महामन्त्री विपिनकुमार आचार्यद्वारा जारी निर्देशनमा नातावाद र परिवारवादको परिधिभन्दा बाहिरबाट मात्र प्रविधिमैत्री क्षमता, अनुसन्धान कौशल र पार्टीको मूल्य–मान्यताप्रति निष्ठावान् व्यक्तिलाई प्राथमिकता दिनुपर्ने जनाइएको छ।
     
समावेशीतालाई प्रोत्साहन दिन, दोहोरो सुविधा वा कुनै पनि स्वार्थ बाझिने उम्मेदवार मुक्त हुन तथा छनोट, नियुक्ति तथा अनुमोदन प्रक्रिया प्रतिस्पर्धात्मक बनाउन भनिएको छ। स्वकीय सचिवका लागि योग्य उम्मेदवार छनोट गरेपश्चात् नियुक्तिका लागि रास्वपा संसदीय दलबाट अनिवार्य रूपमा अन्तिम स्वीकृति लिनुपर्ने छ। पार्टीका सम्पूर्ण सांसदहरूले उच्च नैतिक आचरण र जनउत्तरदायित्व प्रस्तुत गर्नुपर्नेछ निर्देशनमा जनाइएको छ।

प्रकाशित: Jul 24, 2026| 11:31 शुक्रबार, साउन ८, २०८३
प्रतिक्रिया दिनुहोस्