भक्तपुर क्यान्सर अस्पतालको पुरानो व्यवस्थापन समितिले नियुक्त गरेको अस्पतालको नयाँ मेडिकल निर्देशक र उपनिर्देशकले राजिनामा दिएपछि अस्पतालको सेवा सञ्चालन भएको छ ।
वीर अस्पतालको देशभर १४ हजार रोपनी जग्गा रहेकोमा काठमाडौं उपत्यका भित्रका महत्वपूर्ण स्थानका जग्गा व्यक्तिको नाममा पुगेकाे छ । छानबिन समितिले २०६७ सालमै प्रतिवेदन बुझाएपनि उक्त प्रतिवेदन गोप्य राखिएको छ...
मसला खोज्ने अभियानमा युरोपबाट पूर्वतर्फ लाग्न चाहेका क्रिस्टोफर कोलम्बस बाटो बिराएर पश्चिमतर्फ लाग्दा अमेरिकी महादेश पुगे र त्यस क्षेत्रलाई नै अधीनस्थ गरे ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेले दक्षिण एसियाली खेलकुद (साग) गुमाउने भएका छन्। सोमबार दुबै आँखाको सामान्य शल्यक्रिया पछि उनले खेल गुमाउने भएका हुन्।
लघु, घरेलु तथा साना उद्योगहरूमा सीपमूलक तालिमलाई आवश्यक पाठ्यक्रम निर्माणका लागि नेपाल घरेलु महासंघ र प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सिटिइभिटी) बीच सम्झौता भएको छ।
कृषि विकास बैंक शाखा कार्यालय स्वयम्भूका शाखा प्रबन्धक भरतबहादुर बानियाँसहित आठ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ।