आइतबार, साउन ३१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • हर्नमा कडाइ गर्दै ट्राफिक, एकैदिनमा १८८ चालक कारबाहीमा

हर्नमा कडाइ गर्दै ट्राफिक, एकैदिनमा १८८ चालक कारबाहीमा

 |  सोमबार, मंसिर ९, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर ९, २०७६

काठमाडौं । ट्राफिक प्रहरीले जथाभावी रुपमा हर्न बजाएको भन्दै एकैदिनमा १८८ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ। महानगरीय ट्राफिक प्रहरी महाशाखाले सोमबार हर्न बजाउने चालकलाई कारबाही गरेको हो।

उपत्यकाभित्र ध्वनि प्रदूषणको समस्या गम्भीर रुपले बढेपछि जथाभावी हर्न बजाएर गुड्ने सवारी साधनलाई ट्राफिकले कारबाही गर्दै आएको छ ।

गम्भिर दुर्घटना हुने खतरा भएमा र सवारी गुडिरहँदा सडकको एक भागबाट अर्को भाग नदेखिने खतरानाक मोड आएमा बाहेक अन्य अवस्था हर्न बजाउन पाइँदैन । काठमाडौं उपत्यकामा २०७४ वैशाख १ देखि हर्न निषेध गरिएको हो ।

त्यसयता जथाभावी हर्न बजाउने ४३ हजार ६२३ सवारीसाधन कारवाहीमा परिसकेका छन् । हर्न बजाउनेलाई प्रहरीले ५ सय रुपैयाँ जरिवाना गर्न सक्ने व्यवस्था छ ।

प्रकाशित: Nov 25, 2019| 11:39 सोमबार, मंसिर ९, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।