आइतबार, साउन ३१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • बढी शुल्क फिर्ता गर्न मेडिकल कलेजलाई सरकारको २४ घण्टे अल्टिमेटम

बढी शुल्क फिर्ता गर्न मेडिकल कलेजलाई सरकारको २४ घण्टे अल्टिमेटम

सरकारले तोकेको भन्दा बढी शुल्क असुलेका मेडिकल कलेजलाई २४ घण्टाभित्र फिर्ता गर्न सरकारले अल्टिमेटम दिएको छ।
 |  सोमबार, मंसिर ९, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर ९, २०७६

काठमाडौं- सरकारले तोकेको भन्दा बढी शुल्क असुलेका मेडिकल कलेजलाई २४ घण्टाभित्र फिर्ता गर्न सरकारले अल्टिमेटम दिएको छ।

सोमबार गृहमन्त्रालयमा गृहमन्त्री, रामबहादुर थापा, शिक्षा मन्त्री गिरिराजमणि पोखरेल लगायत सरोकारवाला सम्मिलित बैठकले मेडिकल कलेजलाई यस्तो अल्टिमेटम दिएको हो।

यसअघि शिक्षा मन्त्रालयले चर्को शुल्क असुलेका मेडिकल कलेजलाई १५ दिने अल्टिमेटम दिएको थियो। अल्टिमेटम मंगलबार सकिँदै गर्दा साेमबार बैठक बसेको हो।

बैठकमा मेडिकल कलेजका सञ्चालकहरुसमेत उपस्थित भएका थिए।

बैठकमा मन्त्रीहरुका साथै महान्यायधिवक्ता अग्नि खरेल, प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालसमेत उपस्थित थिए।

बैठकले २४ घण्टाभित्र शुल्क फिर्ता नगरे ठगी मुद्दा लगाउने चेतावनी दिएपछि मेडिकल कलेज सञ्चालकहरु शुल्क फिर्ता गर्न तयार देखिएका छन्।
उनीहरुले सरकारले दिएको निर्देशन पालना गर्न आफूहरु तयार रहेको बताएको मन्त्रालय स्रोतले जनाएको छ।

गत वर्षको सरकारले बढी शुल्क लिने कलेजविरुद्ध सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा उजुरी दिन सकिने निर्णय गरेको थियो।

तर यसपटक मेडिकल कलेजहरुले तोकिएको सीमा भन्दा १० देखि १५ लाख रुपैयाँ सम्म बढी लिएको भन्दै विभिन्न मेडिकल कलेजमा विद्यार्थी आन्दोलित बनेका छन्।

वीरगंजको नेशनल मेडिकल कलेज तथा चितवनको चितवन मेडिकल कलेजका विद्यार्थीहरु लामो समयदेखि आन्दोलित छन्। विद्यार्थीको आन्दोलन दबाउन सञ्चालकहरुले अनेक उपाय गर्दै आएका थिए।

प्रकाशित: Nov 25, 2019| 12:52 सोमबार, मंसिर ९, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।