आइतबार, साउन ३१, २०८३

विरामीलाई बलात्कार गर्न खोज्ने डाक्टर पक्राउ

ललितपुरको मेडिसिटी अस्पतालका एक डाक्टर बलात्कारको आरोपमा पक्राउ परेका छन्।
 |  सोमबार, मंसिर ९, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर ९, २०७६

काठमाडौं- ललितपुरको मेडिसिटी अस्पतालका एक डाक्टर बलात्कारको आरोपमा पक्राउ परेका छन्।

उपचारका लागि आएकी एक महिलामाथि बलात्कारको प्रयास गरेको आरोपमा डाक्टर रोहितप्रसाद झा पक्राउ परेका हुन्।

झालाई सोमबार साँझ प्रहरी परिसर ललितपुरले पक्राउ गरेको हो। पीडित ३० वर्षीया महिलाले दिएको किटानी जाहेरीका आधारमा झालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

पक्राउ परेका डाक्टरविरुद्ध मंगलबार जिल्ला अदालत, ललितपुरबाट जबरजस्ती करणी उद्योगमा म्याद थप गरेर अनुसन्धान थालिने प्रहरीले जनाएको छ।

प्रकाशित: Nov 25, 2019| 13:30 सोमबार, मंसिर ९, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।