आइतबार, साउन ३१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • मेडिकल कलेजबाट अवैध शुल्क फिर्ता नगराए सत्याग्रहः डा. केसी

मेडिकल कलेजबाट अवैध शुल्क फिर्ता नगराए सत्याग्रहः डा. केसी

 |  सोमबार, मंसिर ९, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर ९, २०७६

काठमाडौं । चिकित्सा शिक्षा सुधारका लागि पटकपटक अनशन गर्दै आएका डा. गोविन्द केसीले सरकारले तोकेको अल्टिमेटम सकिँदा पनि शुल्क फिर्ता नगर्ने मेडिकल कलेजमाथि फौजदारी मुद्दा चलाउन सरकारसँग माग गरेका छन् । साथै उनले ती कलेज तथा सञ्चालकको सम्पत्ति छानबिन गर्न पनि माग गरेका छन् ।

सोमबार विज्ञप्ति निकालेर डा. केसीले मेडिकल कलेजको सम्पत्ति राष्ट्रियकरणको प्रक्रिया सुरु गर्न आग्रह गरेका छन् ।

डा. केसीले शुल्क फिर्ता नगरेका कलेज सञ्चालकलाई तत्काल पक्राउ गरेर फौजदारी मुद्दा चलाउन माग गरेका छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओली आफैंले सार्वजनिक रुपमा ठगी गर्नेलाई कारवाही गर्ने बताएको भए पनि ठगहरुका नाइके उनकै पार्टीका नेता तथा हितैषी भएका कारण केही गर्न नसकेको आरोप लगाएका छन् ।

सत्याग्रहको पछिल्लो चरण स्थगनमात्रै गरेको स्मरण गराउँदै डा. केसीले तत्काल विद्यार्थीहरुसँग अवैध रुपमा लिइएको शुल्क फिर्ता गर्ने लगायतका माग पूरा नभए सत्याग्रहसहितका आन्दोलनका कार्यक्रम घोषणा गर्ने चेतावनी पनि दिएका छन् ।

प्रकाशित: Nov 25, 2019| 11:53 सोमबार, मंसिर ९, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।