शुक्रबार, साउन १, २०८३

सन्दीप लामिछानेले 'साग' गुमाउने

नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेले दक्षिण एसियाली खेलकुद (साग) गुमाउने भएका छन्। सोमबार दुबै आँखाको सामान्य शल्यक्रिया पछि उनले खेल गुमाउने भएका हुन्।
 |  सोमबार, मंसिर ९, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर ९, २०७६

काठमाडौं - नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेले दक्षिण एसियाली खेलकुद (साग) गुमाउने भएका छन्। सोमबार दुबै आँखाको सामान्य शल्यक्रिया पछि उनले खेल गुमाउने भएका हुन्।

नेपाली राष्ट्रिय टिमका टिम म्यानेजर रमण सिवाकोटीले दिएको जानकारी अनुसार सन्दीपले १५ दिन आराम गर्नुपर्ने भएपछि उनी साग खेलमा सहभागी नहुने भएका हुन्। उनको सोमबार बिहान तिलगङ्गा अस्पतालमा दुवै आँखाको शल्यक्रिया भएको थियो। टाढाको बस्तु धमिलो देख्ने भएपछि उनको सल्यक्रिया गरिएको सिवाकोटीले बताए।

सन्दीप टिमबाट बाहिरिएपछि नेपालले उनको स्थानमा रोहित कुमार पौडेललाई टिममा बोलाईएको छ । यस अघि साग खेल्ने टिममा रोहित वैकल्पिक खेलाडीको रुपमा रहेका थिए।

सागमा नेपालले पहिलो खेल श्रीलंका यू२३सँग मंसिर १७ मा खेल्ने छ। यस्तै मंसिर १९ मा भुटान, मंसिर २० मा माल्दिभ्स तथा मंसिर २१ मा बंगलादेश यू२३सँग खेल्ने छ। भारत र पाकिस्तानले भने क्रिकेटमा सहभागिता जनाएका छैनन्।

प्रकाशित: Nov 25, 2019| 13:29 सोमबार, मंसिर ९, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।