आइतबार, साउन ३१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • मेडिकल कलेज सञ्चालकलाई पक्राउ गर्न प्रहरीलाई निर्देशन

मेडिकल कलेज सञ्चालकलाई पक्राउ गर्न प्रहरीलाई निर्देशन

विद्यार्थीबाट अवैध रुपमा उठाएको रकम फिर्ता गर्न अटेर गरेका मेडिकल कलेज सञ्चालहरुलाई पक्राउ गर्न सरकारले प्रहरीलाई निर्देशन दिएको छ ।
 |  मंगलबार, मंसिर १०, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर १०, २०७६

काठमाडौं- विद्यार्थीबाट अवैध रुपमा उठाएको रकम फिर्ता गर्न अटेर गरेका मेडिकल कलेज सञ्चालहरुलाई पक्राउ गर्न सरकारले प्रहरीलाई निर्देशन दिएको छ ।

सोमबार अन्तिम पटक दिइएको २४ घण्टे अल्मिेटममा समेत पैसा गर्ने सुरसार नदेखाएपछि सरकारले मेडिकल कलेजका सञ्चालकलाई पक्राउ गरी ठगीमा मुद्दा चलाउन प्रहरीलाई निर्देशन दिएको हो ।

गृह मन्त्रालयमा सोमबार गृहमन्त्री रामबहादुर थापा, शिक्षामन्त्री गिरिराजमणि पोखरेल, महान्यायाधिवक्ता अग्नि खरेल, प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललगायतको बैठक बसेको थियो। बैठकले विद्यार्थीबाट लिइएको बढी शुल्क मंगलबारसम्म फिर्ता नगरे कारबाही गर्ने निर्णय गरेको थियो ।

मन्त्रिपरिषद् बैठकले बढी शुल्क लिएमा कलेजविरुद्ध सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा उजुरी दिन सक्ने निर्णय गरेको थियो। सोही आधारमा गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालयमा उजुरी लिएर पक्राउ गर्न निर्देशन दिएको हो।

प्रहरीले आजबाट कारबाही प्रक्रिया अघि बढाउने तयारी गरेको छ । प्रहरीले विद्यार्थी र अभिभावकको उजुरीका आधारमा उनीहरुलाई पक्राउ गर्ने तयारी गरेको छ।

यसअघि गत असोज र कात्तिकमा गृह मन्त्रालयमा गृहमन्त्री, शिक्षामन्त्री, विश्वविद्यालयका पदाधिकारीसहित बसेको बैठकले सुरुमा एक महिना र त्यसपछि थप १५ दिनको समय दिँदै तोकेभन्दा बढी लिएको रकम फिर्ता गर्न वा समायोजन गर्न निर्देशन दिएको थियो ।

तर, उक्त अवधिमा विद्यार्थीको पैसा फिर्ता गर्ने सुरसार नदेखाएपछि सरकार सोमबार २४ घण्टे अल्टिमेटम दिएको हो ।

अवैध रुपमा जवरजस्ति असुलेको पैसा फिर्ता दिन माग गर्दै विद्यार्थीहरु तीन महिनादेखि आन्दोलित छन् । उनीहरुले मंसिर ८ गते वृहत प्रदर्शनसमेत गरेका थिए ।

प्रकाशित: Nov 26, 2019| 02:00 मंगलबार, मंसिर १०, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।