आइतबार, साउन ३१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • रामजानकी विवाह महोत्सवको तयारी पूरा, राष्ट्रपति भण्डारी सहभागी हुने

रामजानकी विवाह महोत्सवको तयारी पूरा, राष्ट्रपति भण्डारी सहभागी हुने

रामजानकी विवाहोत्सवको सम्पूर्ण तयारी पूरा भएको छ।
 |  सोमबार, मंसिर ९, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर ९, २०७६

जनकपुरधाम- रामजानकी विवाहोत्सवको सम्पूर्ण तयारी पूरा भएको छ। साताव्यापी कार्यक्रमसहित मनाउन लागिएको रामजानकी विवाहोत्सवको सम्पूर्ण तयारी पूरा भएको जनकपुरस्थित जानकी मन्दिरले जनाएको छ।

मंसिर १५ गते मनाइने विवाहोत्सवको सम्पूर्ण तयारी पूरा भएको भन्दै जानकी मन्दिरका पुजारी रामरोशन दासले मंगलबारदेखि औपचारिक रुपमा कार्यक्रमहरु सुरु हुने जानकारी दिएका छन्।

‘सरसजावट, पण्डाल–टेन्टसहित विवाहोत्सवको सम्पूर्ण तयारी पूरा भएको छ,’ जानकी मन्दिरका पुजारी दासले भने, ‘विवाहपञ्चमी सफल पार्न हामी अहोरात्र जुटेका छौँ, मंगलबारदेखि विधिवत् कार्यक्रमहरु सुरु हुँदैछ।’

विवाहोत्सवअन्तर्गत मंगलबार जनकपुर दर्शन कार्यक्रम हुँदैछ।

उत्तराधिकारी महन्त दासले यस वर्ष विवाहोत्सव मनाउन विशेष तयारी गरिएको जानकारी दिए। हरेक पाँच वर्षपछि अयोध्याबाट विशेष जन्ती आउने गरेको र यस वर्ष पाँचौ वर्ष परेकोले विवाहोत्सव विशेष रुपले मनाइने उनले बताए।

२०६१ सालदेखि हरेक पाँच वर्षपछि अयोध्याबाट विशेष जन्ती आउने परम्पराको सुरुवात भएको हो। यस वर्ष विशेष जन्तीको रुपमा अयोध्याबाट पाँच सयको संख्यामा जन्तीको रुपमा साधुसन्तहरु आउन लागेको दासले जानकारी दिए।

विवाहोत्सवमा सहभागी हुन अयोध्याबाट साधुसन्तहरु प्रस्थान गरिसकेको र बुधबार जनकपुर पुग्ने उनले बताए।

राष्ट्रपति भण्डारीले जन्तीको स्वागत गर्ने

रामजानकी विवाहोत्सवमा सहभागी हुन राष्ट्रपति विद्यादेवी भण्डारी जनकपुर आउने भएकी छिन्। भारतको अयोध्याबाट आउने जन्तीलाई राष्ट्रपति भण्डारीले स्वागत गर्ने कार्यक्रम रहेको बताइएको छ।

जनकपुरको बाह्रविघा मैदानमा आयोजना हुने एक कार्यक्रमका बीच राष्ट्रपति भण्डारीले अयोध्याबाट आउने जन्तीहरुलाई स्वागत गर्ने कार्यक्रम तय भएको दासले जानकारी दिए।

जन्ती स्वागत कार्यक्रमअन्तर्गत प्रदर्शन हुने जानकी लिला कार्यक्रममा समेत राष्ट्रपति भण्डारी सरिक हुने कार्यक्रम रहेको उनले बताएका छन्।

पुजारी दासले विवाहोत्सवमा सहभागी हुन भारतका गृहमन्त्री अमित शाह, रक्षामन्त्री राजनाथ सिंह, उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई निमन्त्रणा दिए पनि हालसम्म टुंगो नलागेको बताए।

१०८ जोडी कन्याको सामूहिक विवाह

विवाहोत्सवको अवसर पारेर एउटै मण्डपभित्र १०८ जोडी वरकन्याको सामूहिक विवाह हुने भएको छ। जनकपुरस्थित मणिमण्डपमा विवाहपञ्चमीका दिन १०८ जोडी वरकन्याको सामूहिक विवाह हुने कार्यक्रम रहेको बताइएको छ।

प्रकाशित: Nov 25, 2019| 14:26 सोमबार, मंसिर ९, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।