आइतबार, साउन ३१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • उपनिर्वाचनकाे दिन बिहान ५ देखि साँझ ७ बजेसम्म सवारीसाधन सञ्चालनमा रोक

उपनिर्वाचनकाे दिन बिहान ५ देखि साँझ ७ बजेसम्म सवारीसाधन सञ्चालनमा रोक

 |  सोमबार, मंसिर ९, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर ९, २०७६

काठमाडौं– यही मंसिर १४ गते शनिबार हुन लागेको उपनिर्वाचनलाई लक्षित गरी सो दिन बिहान ५ बजेदेखि साँझ ७ बजेसम्म पास नलिएका सवारीसाधन चलाउन रोक लगाइएको निर्वाचन आयोगले जनाएको छ। आयोगले आज सूचना जारी गर्दै प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहको उपनिर्वाचन हुने निर्वाचन क्षेत्रमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको जनाएको छ।

राष्ट्रिय मानवअधिकार आयोग, संवैधानिक निकाय, कूटनीतिक नियोगका अवलोकनकर्ता, संयुक्त राष्ट्रसंघका नियोगहरु, निर्वाचन आयोगका विकास साझेदार संस्थाहरुले भने निर्वाचन आयोगबाट अनुमति लिएर सवारीसाधन चलाउन पाउनेछन्।

साथै उपनिर्वाचनका उमेदवार, सुरक्षाकर्मी, राष्ट्रिय पर्यवेक्षक, सञ्चारमाध्यम, विमानस्थल प्रयोजनका लागि सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीको कार्यालयबाट पास लिएर सवारीसाधन चलाउन सकिने आयोगले जनाएको छ।

 

 

प्रकाशित: Nov 25, 2019| 11:23 सोमबार, मंसिर ९, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।