फ्रान्समा कोरोना भाइरस २७ डिसेम्बर २०१९ मै देखा परेको दाबी एक चिकित्सकले गरेका छन्। पेरिसस्थित जीन वर्डियरका डाक्टर इवेन्स कोहेनले यस्तो दाबी गरेका हुन्।
एजेन्सी– पाकिस्तानका तीव्र गतिका पूर्व बलर शोएव अख्तरले टिम इन्डियाको बलिङ प्रशिक्षक बन्ने इच्छा व्यक्त गरेका छन्। उनले सोसियल नेटवर्किङ एप हेलोमा समर्थकसँग कुरा गर्दै यस्तो बताएका हुन्।
सरकारले आह्वान गरेको लकडाउनका बेला महिलामाथि हातपात गरेको आरोपमा पर्वतका एक शिक्षक पक्राउ परेका छन् । दक्षिण पर्वतनको पैँयु गाउँपालिका–२ त्रिवेणीका स्थानीय शिक्षक खगेन्द्र रानालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
बन्दाबन्दीलाई अटेर गरी सीमा क्षेत्रमा हुलहुज्जत गर्ने भारतीय नागरिकलाई धपाउन नेपाली सुरक्षाकर्मीले सोमबार झापाको दक्षिणी सीमाक्षेत्रमा दुई राउण्ड हवाई फायर गरेका छन् ।
जर्मनीमा शीर्ष डिभिजनका क्लबमा १० जना कोरोना संक्रमित पाइएको छ। खेल सुरु गर्नका लागि एक हजार सात सय २४ जनाको टेस्ट लिइएकोमा १० जनामा पोजेटिभ केस पाइएको हो।