मंगलबार, असोज २०, २०८३

'नेकपामा रडाको मच्चाउने योजनामा फेरि को लाग्दैछ ?'

सत्तारुढ दल नेकपाका सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले सचिवालय बैठकको निष्कर्ष लागू गर्नुपर्नेमा जोड दिएका छन्।
 |  मंगलबार, वैशाख २३, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख २३, २०७७

सत्तारुढ दल नेकपाका सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले सचिवालय बैठकको निष्कर्ष लागू गर्नुपर्नेमा जोड दिएका छन्।

उनले ट्विट गर्दै भनेका छन्, 'हाम्रो पार्टीमा पार्टी एकताको रक्षा गर्दै कमजोरीहरुलाई सच्च्याएर नयाँ शिराबाट काम गर्ने सहमति भएपछि हिजोदेखि फेरि झुटा भ्रमात्मक समाचारहरु प्रचारित हुन थालेका छन्। पार्टीमा रडाको मच्चाउने योजनामा फेरि को लाग्दैछ ? सचेत होऔं। २० गतेको सचिवालय बैठकको निष्कर्ष लागू गरौं। अन्यथा नगरौं।'

हिजो (सोमबार) पनि उनले सचिवालयको निष्कर्षबाट बिचलनले पार्टीमा पुनः सङ्कट ल्याउने बताएका थिए ।

'अन्यथा हुनै सक्दैन, गर्नै मिल्दैन। पार्टी एकताको रक्षा, बिधि पद्धतििको पालना, पार्टीद्वारा सरकार सञ्चालन, सरकारबाट समाजवाद उन्मुख समृध्दिको काम र त्यसको लागि आत्मालोचनासहित नयाँ शिराबाट काम गर्ने संकल्प । यो हो निष्कर्ष,' श्रेष्ठले ट्विट गरेका थिए।

प्रकाशित: May 05, 2020| 10:20 मंगलबार, वैशाख २३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।