फ्रान्समा कोरोना भाइरस २७ डिसेम्बर २०१९ मै देखा परेको दाबी एक चिकित्सकले गरेका छन्। पेरिसस्थित जीन वर्डियरका डाक्टर इवेन्स कोहेनले यस्तो दाबी गरेका हुन्।
उनका अनुसार पेरिसमा एक बिरामीलाई निमोनिया भएको थियो। ती बिरामीलाई हेर्ने चिकित्सक इवेन्सका अनुसार वास्तवमा उनी कोरोना संक्रमित थिए ।
५० वर्षभन्दा बढी उमेरका ती बिरामी अहिले पूर्ण रुपमा ठिक भइसकेका छन्। उनलाई कोरोना संक्रमण भयो भन्ने पत्ता लागेको छैन।
अहिलेसम्मको जानकारीअनुसार डिसेम्बर अन्तिममा चीनको वुहानमा कोरोना भाइरसको पहिलो संक्रमण फेला परेको थियो। त्यसको एक महिनापछि मात्र फ्रान्समा कोरोना संक्रमण सुरु भएको बताइँदै आएको थियो।
बीबीसी